उपत्यकाको स्थानिय तह र स्थानिय प्रशासनविच १ साता निषेधाज्ञा थप गर्न छलफल, अझै कडा बनाउन सुझाव « Arthapath.com
७ असार २०८२, शनिबार

उपत्यकाको स्थानिय तह र स्थानिय प्रशासनविच १ साता निषेधाज्ञा थप गर्न छलफल, अझै कडा बनाउन सुझाव



काठमाडौं । उपत्यकामा कोरोना नियन्त्रणमा आउनुको साटो झनै संक्रमण दर बढ्दै गएपछि स्थानिय तह र स्थानिय प्रशासनविच १ साता निषेधाज्ञा बढाउन छलफल भइरहेको छ ।

https://www.arthapath.com/banner-first/2020/08/25/13876/

काठमाडोंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने निषेधाज्ञा अझै कडा बनाउन स्थानिय तहबाट सुझाव आएपछि के गर्ने भन्ने अझै निर्णय भैसकेको छैन ।

मंगलबार सांझसम्म स्थानिय तहका प्रमुखहरु (मेयर फोरम) र तिनै जिल्लाका प्रमुखहरुको बैंठक जारी रहेको काठमाडौंका सीडियो जनकाराज दाहलले बताए । कम्तीमा १ साता उपत्यका निषेधाज्ञा गर्न सिफारिस भए पनि निर्णयभने भोली हुन सक्ने दाहालले बताए ।

निषेधाज्ञा हुँदापनि कोरोनाको संक्रमित बढिरहेकाले अझै कडा बन्ने दाहालको संकेत थियो ।


प्रतिक्रिया दिनुहोस्