बीमाको एजेन्ट बनेर काम गर्न युनियन लाइफका डेपुटी सीईओले जागिर छाडे « Arthapath.com
११ भाद्र २०७७, बिहीबार

बीमाको एजेन्ट बनेर काम गर्न युनियन लाइफका डेपुटी सीईओले जागिर छाडे



काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीका डेपुटी सिईओ रहेका कोषराज सुवेदीले राजिनामा दिएका छन । कम्पनीले उनको राजिनामा बुधबार स्वीकृत गरेको छ ।

युनियन लाइफ इन्स्योरेन्समा शुरुदेखी नै आवद्ध रहेका सुवेदी गत बर्षमात्रै डेपुटी सीईओ बनेका थिए । सुवेदीले एकाएक कम्पनीबाट राजिनामा दिएका छन । उनले व्यक्तिगत कारणले राजिनामा दिएको बताएका छन । २० वर्ष बीमा क्षेत्रमा काम गरेका सुवेदी युनियन लाइफ अघि नेपाल लाइफमा कार्यरत थिए ।

बीमामा एजेन्ट बनेर काम गर्दै आएका सुवेदी पुन एजेन्ट बन्नको लागी जागिर छाडेका छन ।कोरोनाको बेलमा पनि व्यावसाय गर्ने भन्दै सुवेदिले कम्पनी छोडेको बताएका छन । २० वर्ष काम गरीयो अव कति गर्नु भनेर आफै नयाँ केही गरौं भनेर युनियन लाइफ छोडेको सुवेदीले बताए ।

एजेन्टको काम गर्दागर्दै बीमाको जागिरे बनेका सुवेदी पुन एजेन्टमै फर्कन लागेका हुन । एद्देपी सुवेदीले भने अन्य व्यावसायको लागी राजिनामा दिएको बताएका छन । युनियन लाइफ इन्स्योरेन्सका सीईओ मनोज कुमार लाल कर्णले सुवेदिलाई कम्पनीबाट बुधबार खामदा ओढाएर विदाई गरेका छन ।


प्रतिक्रिया दिनुहोस्