घरमै प्रसुती गराउने बढे, कोरोनाको भन्दा घरमै प्रसुती गराउनु बढी जोखिम

धन बहादुर बोहरा
धनगढी । सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि अस्पतालमा प्रसुती गराउनेको संख्या भने घट्न थालेका छन् । कोरोना संक्रमणको जोखिमका दृष्टिले अस्पताल तथा स्वास्थ्य संस्थाहरु अति नै सम्भावित क्षेत्र मानिन्छन । अझ सुदूरपश्चिममा त डाक्टर तथा स्वास्थ्यकर्मीहरुमा नै संक्रमण पुष्टि हुन थालेपछि गर्भवती महिलाहरु अस्पताल आउन डराईरहेका छन् ।
प्रदेशकै रेफरल अस्पतालका ?पमा स्थापित सेती प्रादेशिक अस्पतालमा हाल दैनिक करिव १५ जना प्रसुती सेवाका लागि आउने गरेको जनाईएको छ । यो सामान्य अवस्थाको तुलनामा निकै कम हो । सामान्य अवस्थामा दैनिक झन्डै २५ जना आउने गरेकोमा अहिले त्यो संख्या ह्वात्तै घटेको प्रसुती विभागकी प्रमुख यसोदा ढकालले जानकारी दिईन् । तर कोरोनाको जोखिम भन्दा पनि घरमै प्रसुती गराउनु बढी जोखिम हुने उनले बताईन । त्यसैले अस्पतालमा नै प्रसुती गराउनु पर्नेमा उनले जोड दिईन ।
घरमा प्रसुती गराउँदा अत्यन्तै जोखिम हुने भएपनि महिलाहरु कोरोना संक्रमणको त्रासका कारण अस्पताल आउनै छाडेका छन् । गर्भवती महिलाहरुले प्रत्यक महिना स्वास्थ्य चेकजाँच गर्नुपर्ने हुन्छ तर कोरोना महामारीपछि भने चेकजाँच गराउनेको संख्या पनि कमी आउन थालेको छ । अस्पतालमा कोरोना संक्रमणको उच्च जोखिम हुने भएकोले घरमै प्रसुती गराउने क्रम बढेको बौनियाका विवेक जोसीको बुझाई छ । श्रीमतीको प्रसुती गराउन सेती अस्पताल पुगेका उनले पनि अस्पताल नआउने योजना बनाएका थिए । तर घरमा प्रसुती गराउन असम्भव भएपछि अस्पताल पुग्नु परेको उनले बताए ।
गर्भवती महिलाहरुमा जटिल समस्या देखापरे मात्रै अस्पताल आउने परिपाटी बढेको छ । जसले गर्दा गर्भवती महिला तथा नवजात शिशुको ज्यानै जान सक्ने सम्भावना हुन्छ । पछिल्लो समय नागरीकहरुमा चेतनाको स्तर वृद्धि भएपनि कोरोना महामारीकै कारण घरमै प्रसुती गराउने क्रम बढेको हो । जोसी गाउँपालिकाका यज्ञराज पाठकले गर्भवती महिलाह? दोहोरो जोखिममा परेको बताए । घरमा प्रसुती गराउँदा असुरक्षित महसुश गर्ने महिलाह? अस्पतालमा झनै बढी चिन्तित हुने गरेको उनले बताए ।
सेती प्रादेशिक अस्पतालमा मात्रै होईन प्रसुती सेवाका लागि उत्कृष्ट मानिने धनगढीको नवजिवन अस्पतालमा समेत प्रसुती गराउने तथा स्वास्थ्य चेकजाँच गराउनेको संख्या घट्न थालेको छ । नवजिवनमा हाल दैनिक झन्डै ७ जना मात्रै आउने गरेको अस्पतालले जनाएको छ । यद्यपी स्वास्थ्य सुरक्षाका दृष्टिकोणले अस्पतालमा नै प्रसुती गराउनु उपयुक्त मानिन्छ ।