लोकसेवा आयोगले विज्ञापन नखुलाए २० हजार कर्मचारीको अभाव हुने

काठमाडौं । लोकसेवा आयोगले यस वर्ष निजामती कर्मचारीका लागि विज्ञापन नगर्ने भएको छ । आयोगले असोजको अन्तिम बुधबारदेखि विज्ञापन खुलाउने वार्षिक कार्यतालिका सार्वजनिक गरेको भएपनि कोरोना महामारीका कारण विज्ञापन नखोल्ने भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त पदमा विवरण संकलन सुरु गरेको भएपनि परिस्थिति सहज नभएसम्म आयोगमा रिक्त पदको विवरण नपठाउने भएको छ ।
आयोगले विज्ञापन खुलाउनुअघि संघीय मन्त्रालयले रिक्त पदको विवरण पठाउनुपर्ने कानुनी व्यवस्था छ ।
मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले कोरोना महामारी बढ्दै गए आयोगमा विवरण नपठाउने बताउनुभयो । आयोगले यस वर्ष विज्ञापन नखुलाए २० हजार कर्मचारीको अभाव हुने बताइएको छ ।