अर्थमन्त्रीलाई निरन्तरता दिनेबारे प्रधानमन्त्री ओलीले मुख खोले, यस्तो छ खतिवडालाई रोज्नुको कारण ! « Arthapath.com
१४ भाद्र २०७७, आईतवार

अर्थमन्त्रीलाई निरन्तरता दिनेबारे प्रधानमन्त्री ओलीले मुख खोले, यस्तो छ खतिवडालाई रोज्नुको कारण !



काठमाडौं । पार्टीभित्रको आन्तरीक विवामद समाधन भएपछि नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुर्नगठन गर्ने भएका छन । ओलीले कतिपय नेताको चित्त बुझाउनको लागी भएपनि मन्त्रीपरिषद पुर्नगठन गर्नुपर्ने बाध्याता आएको हो ।

ओलीले राष्ट्रियसभा सदस्य विहिन रहेका अर्थमन्त्री डा. युवराज खतिवडालाई फेरी राष्ट्रिय सभामा ल्याएर अर्थमन्त्रीमा निरन्तरता दिनप्रधानमन्त्रीले निरन्तरता दिन चाहेका थिए । तर पार्टीभित्र प्रभावशाली नेताहरुलेनै अर्थमन्त्रीको विरोध गरेपछि प्रधानमन्त्री पछि हटेका थियो । विषेसगरी अर्थमन्त्री प्रधानमन्त्रीको विश्वासिलो पात्र चाहिने हुनाले ओलीले पुन डा. खतिवडालाईनै निरन्तरता दिन लागेका हुन ।

प्रधानमन्त्री ओलीले शनिबार राति प्राइम टेलिभिजसंगको अन्र्तवार्तामा अर्थमन्त्री खतिवडाको प्रसंसा गरेका छन । उनले अर्थमन्त्रीले राम्रो काम गरेकाले अझै टाइम रहेको संकेत बताए । बजारमा बामदेव गौतमलाई राष्टिय सभामा ल्याएर महत्वपुण मन्त्रालय दिनुको साटो बामदेव मत्नी तुलशा गौतमलाई मन्त्री दिने समझ्दारी गरेको बालुवाटार स्रोतले बताएको छ ।

नेकपाको २ साताअघिको सचिवालय बैंठकले बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजान गरेको निर्णयमा पुर्नविचार हुने र बामदेवलाई एक पटक प्रतिनिधिसभाको सदस्यमा निर्वाचन उठाउने मनसाय भएको प्रधानमन्त्री ओलीले नै बताएका छन ।

प्राइम टेलिभिजनमा ऋषि धमलाले बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्न लागेको हो ? भन्ने प्रश्नमा उनले ‘यस्तो कुनै निर्णय भएको छैन,’ ‘एकपल्ट उहाँलाई प्रतिनिधिसभाको चुनाव लडाउने कुरा भएको थियो ।’ भन्ने उत्तर दिएका छन् ।

त्यस्तै अर्थमन्त्रीमा खतिवडा दोहोरिनुहुन्छ भन्ने प्रश्नमा अर्थमन्त्री डा. युवराज खतिवडा अर्थमन्त्रीमा दोहोरिन पनि सक्ने बताए । खतिवडाले राम्रो काम गरेको समेत प्रधानमन्त्रीले बताए । ‘दुई चार दिन बाँकी छ हेरौं ।’

कसरी बने खतिवडा अर्थमन्त्री ?

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रालयको जिम्मेवारी सुम्पने उपयुक्त पात्र खतिवडाको विकल्प सोच्नसमेत सकेका छैनन् । विज्ञलाई अर्थमन्त्री बनाएको भनेर कतिपय पार्टीका बरिष्ठ नेताहरुलेसमेत खतिवडालाई अर्थमन्त्री बनाएकोमा प्रमप्रति रुष्ट थिए । तर ओलीले मन्त्रीपरिषद विस्तारको पहिलो चरणमै पार्टीका बरिष्ठनेताहरुलाई समेत थाहै नदिई शितल निवासमै मन्त्रीहरुको जिम्मेवारी तोकेका थिए ।

मन्त्रीपदको सपथ लिन पुगेका पार्टीका बरिष्ठ नेता ईश्वर पोखरेललाई अर्थमन्त्री र डा. युवराख खतिवडालाई अर्थराज्यमन्त्रीको जिम्मेवारी पाउने धेरै नेकपाका नेताहरुले अपेक्षा गरेका थिए र तर अपेक्षा विपरित ओलीले खतिवडालाई त्यतिबेलै काखी च्यापेका थिए । अर्थमन्त्री नपाएर रक्षामन्त्रीमा थन्किएका वरिष्ठ नेता पोखरेल रक्षामन्त्रालयमा आजसम्म पनि चित्त बुझाउदै आएका छन ।

नेकपाको पार्टी एकतापछी निर्वाचन घोषणा बनाउने जिम्मेवारी बामदेव गौतमसंगै ओलीले खतिवडासमेतलाई विज्ञ समुहमा राखेका थिए । उतिबेलै पार्टीको उत्कृष्ठ घोषणापत्र बनाएको भन्दै ओलीले सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने राष्ट्रिय सभाको कोटामा ओलीले खतिवडालाई ल्याइछाडे । राष्ट्र बैंकको गभर्नरबाट छाडेका खतिवडालाई धेरैले प्रधानमनत्रीको आर्थिक सल्लाहाकार बनाउने अपेक्षा गरेका थिए ।

प्रधानमन्त्रीले चाहेका अति विश्वासपात्रलाईनै अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी दिने चलन छ । सोही बमोजिम ओलीले गोकुल बास्कोटालाई संचार र खतिवडालाई अर्थको जिम्मेवारी सुम्पिएका थिए ।

प्रधानमन्त्रीका यस्ता थिए विकल्प !

ओलीले पार्टीभित्र विवाद बढेपछि अर्थमन्त्री खतिवडा आफै हट्न चाहेका थिए । खतिवडाले आफ्नो कारणले पार्टीमा विवाद आएको भन्दै प्रधानमन्त्रीसँग हट्ने संकेत गरेका थिए । तर ओलीले खतिवडालाई नहट्न र परेको आफुले मुकाविला गर्ने बताएका थिए । यही भदौ २० गतेसम्म कार्यकाल बाँकी रहेका अर्थमन्त्रीको बारेमा प्रधानमन्त्री ओलीले शनिबार राति एक टेलिभिजनमा अन्र्तवार्ता दिँदै समय छ उहाँले राम्रो काम गर्नुभएको छ भनै पुन नियमित हुने संकेत गरेका छन ।

ओलीसामु पार्टीभित्रको आन्तरीक सन्तुलन मिलाउन पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा ल्याउनैपर्ने बाध्याता टरेको छ । ओली परिवारसहित गौतम निवास गएर लन्च मिटिङनै गरे । सोही समयमा ओलीले गौतमलाई पार्टीमा महत्वपुर्ण जिम्मेवारी दिने र गौतमपत्नी तुलशालाई मन्त्री बनाउने आश्वासन दिएर फर्किए । ओलीलाई बामदेवलाई राष्ट्रियसभामा नल्याउने बताइसकेका छन ।

त्यसैगरी ओलीसामु अर्को राष्ट्रियसभामा ल्याउनुपर्ने अर्का नेता थिए शंकर पोखरेल । हाल ५ नंबर प्रदेशका मुख्य मन्त्री रहेका पोखरेलले आफु राष्ट्रिय राजनितीबाट छाँयामा परेको भन्दै ओलीसंग रुष्ट थिए । पोखरेलले आफु राष्ट्रिय सभामा आएर सरकारको महत्वपुर्ण मन्त्रालयको जिम्मेवारी मागेका थिए । तर शनिबानै ओलीले मुख्यमन्त्रीहरु नचलाइने बताइसकेका छन । शंकर पोखरेल राष्ट्रिय सभामा आउने बाटोपनि बन्छ भएको छ । ओलीले मोरङका नेकपा केन्द्रीय सदस्य गुरु बराललाई राष्ट्रियसभामा आउन चाहेका थिए । बराललाई भन्दा खतिवडालाई निरन्तरता दिँदा अर्थमन्त्री बनाउने पाइने भएकाले ओलीले विश्वासिला खतिवडालाईनै निरन्तरता दिनेछन ।

यसअघिको सचिवालय बैठकले राष्ट्रियसभाको सदस्य बनाउने निर्णय भइसकेकाले सो सचिवालय निर्णय उल्ट्याउनुपर्ने छ । त्यसैले प्रमले भनेझै समय बाँकी नै छ । आगामी भदौ १८ गते पार्टीको सचिवालय बैठक बोलाइएको छ । सोही बैठकले खतिवडालाई राष्ट्रियसभामा निरन्तरता दिनेबारेमा निर्णय गर्ने छ र १८ वा १९ गते मन्त्रीपरिषद बैठकले खतिवडालाईनै सिफारिस गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्