महिला सहयात्रा लघुवित्तको लाभांस १७.५ « Arthapath.com
१४ भाद्र २०७७, आईतवार

महिला सहयात्रा लघुवित्तको लाभांस १७.५



काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको सातौ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाले साधारणसभाबाट ७।५ प्रतिशत नगद लाभांस र १० प्रतिशत बोनसको प्रस्ताव पारित गरेको भएको छ ।

संस्थाले यस अगाडि चैत २२ गते साधारणसभा डाकेको थियो।
केरोना भाइरस कोभिड १९ का कारण साधारणसभा भदौ १३ गतेका लागि सरेको थियो।

संस्थाको हालको चुक्ता पुँजी १२ करोड १० लाख रुपैयाँ रहेको छ । बोनस शेयर वितरण पछि चुक्ता पुँजी १३ करोड ३१ लाख रुपैयाँ पुग्ने संस्थाले जनाएको छ ।

लघुवित्त वित्तीय संस्थाले ३४ वटा शाखा कार्यालयमार्फत ३५ हजारभन्दा बढी सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गदै आएको छ ।

संस्थाले असार २०७७ सम्म ३३ करोड ४१ लाख निक्षेप परिचालन गर्नुका साथै एक अर्ब ४१ करोड कर्जा परिचालन गरीसकेको छ ।


प्रतिक्रिया दिनुहोस्