सेयर बजारका बादशाह वारेनको ९० औं जन्मदिनको सम्झना, यस्तो थियो वफेको जन्मकुण्डली « Arthapath.com
१४ भाद्र २०७७, आईतवार

सेयर बजारका बादशाह वारेनको ९० औं जन्मदिनको सम्झना, यस्तो थियो वफेको जन्मकुण्डली



बद्रि पुडाशैनी

काठमाडौं । सेयर बजारका बादशाह वारेन बफेलाई ९० औँ जन्म दिनको हार्दिक मंगलमय शुभकामना । आफू जन्मेको १४ वर्षदेखि उनले लगानी गर्न जानीसकेका थिए । उनी कुशल लगानीकर्ता र सफल सेयर बजारका खेलाडी हुन् । अर्थ ब्यवस्थापन र लगानीको व्यबहारिक गुण उनमा प्रशस्त देखिन्छ । उनको ९० औँ जन्मदिनको उपलक्ष्यमा ज्योतिशिय रुपले उनलाई हेर्ने प्रयाश गरेका छाँै । यस प्रयासले आम नेपाली जनमानसलाई प्रतिसेयर र ज्योतीसिय ज्ञानको संयोजनको महत्वपूर्ण हुन सक्छ ।

वैदिक ज्योतिशिय सिद्धान्त अनुसार वारेन वफे बृश्चिक लगनको कुण्डलीमा बृश्चिक नै राशी भएर जन्मेका छन् । बृश्चिक राशीको स्वामी मंगल हो । मंगल उर्जा, शाहस, बल र आक्रामकताको प्रतिनिधि ग्रह हो । मंगल ग्रह अष्टम स्थानमा पंचमेस बृह्स्पतिको समयमा रहेर राजयोग बनाएर बसेको छ । अष्टम स्थानलाई ज्योतिशिय दृष्टिकोणले आकस्मिक धनमान दिने स्थान भनिन्छ । गाढधन अथवा जमिन मुनिको धन भनेर अष्टम स्थानलाई मानिन्छ । सेयर बजारमा लाग्ने ब्यक्तिलाई अष्टम स्थान निकै महत्वपूर्ण मानिन्छ । वारेन बफेको कुण्डलीमा अष्टम स्थानमा रहेका बृहस्पति जो पञ्चमेश बृहस्पति हो । बृहस्पति यहाँ नेत्रगृह विधाको कारक ग्रह हो भने वफेको कुण्डलीमा विधाको स्वामी पनि हो । विधा र लगनको युक्ति अष्टम स्थानमा बन्यो । यसले वफेलाई आक्रामक र बुद्धिमतापुर्ण लगानी गर्ने र सेयर बजारमा सफल हुने प्राकृतिक गुण निकाल्दछ । यी दुवै ग्रह एक आपसमा मित्र ग्रहहरु पनि हुन । यसैले यी दुई ग्रहहरुको अष्टम स्थानको अवस्थितीले द्वन्द निर्माण नगरी आकस्मिक धन प्राप्तिको अवस्थालाई बृद्धि गरेको छ । मंगल र बृहस्पतिले दुवै ग्रह धन स्थानमा सप्तम पूर्ण दृष्टिले देखेका छन् । यी दृष्टिले सेयर बजारबाट स्थिर धन निर्माण गर्ने वफेलाई सहयोग गरेको छ । स्पेसुलेसनको लागि महत्वपूर्ण ग्रह शनि हो । शनि आँफै धन स्थानमा बसेर अष्टम स्थानको मंगल र शनिलाई पूर्ण दृष्टिले हेरिरहेको छ ।

यो योग वफेको कुण्डलीमा सेयर मार्केटबाट पैसा बनाउन सहयोग गर्ने योग हो । सेयर बजारबाट फाईदा पाउनको लागि शुक्र–बुध–बृहस्पति–शनि ग्रहको विशेष योगदान रहन्छ । दोस्रो घर, पंचम घर सप्तम घर, अष्टम घर दशम घर र एकादश घरको एकदमै महत्व रहन्छ । द्धितिय स्थान र अष्टम स्थानमा बृहस्पति, मंगल र शनिको युक्ति दृष्टिले वारेन बफेलाई सेयर बजारबाट धनी बनाउन सहयोग मिल्यो ।

षष्टम स्थानको स्वामी मंगल अष्टम स्थानमा बसेर विपरित राजयोग बनाएको छ । अष्टम स्थान बनेको विपरित राजयोले स्पेसुलेसनमा विशेष बृद्धि दिन्छ ।

अष्टम स्थानको स्वामी एकादश भाव जसलाई आय–आर्जनको घर मानिन्छ । यस घरमा गएर बुध ग्रह उच्चको भएर सप्तमेश शुक्रसंग बसेको छ । बुध वाणिज्य, व्यापार र सेयर कागजातको मालिक हो । जो आफैं आय स्थानमा उच्चको भएर व्यापार स्थानको मालिक शुक्रसंग संगती गरेर अखण्ड धनयोग श्रृजना गर्दछ । शुक्र र बुध बजारको लागि धन र कागज सेयर प्रमाणपत्र हो ।

यदि कसैको पति कुडल्लीमा अष्टम स्थानको स्वामी द्धितीय स्थानमा वा एकदश स्थानमा छ भने उसले सट्टावाजी, सेयर बजार र चिठ्ठाबाट धन कमाउँछ ।

अण्टम स्थानको एककादश स्थानमा, एकादश स्थानको स्वामी एकादश स्थानमा र द्धितिय स्थानको स्वामी अष्टम स्थानमा यो विशिष्ट योगले वारेन वफेलाई सेयर बजारबाट धन कमाउन सहयोग पुर्याएको छ ।

दशम स्थानमा सुर्य दिग्वली भएर आफ्नै घरमा रहेको छ । दशम स्थानलाई कर्मको घर भनिन्छ । यहाँ बसेको सुर्यले आक्रामक क्षमता, कार्यकुशलता र रणनीतिक चरित्र दिन्छ । पिताबाट सहयोग मिल्छ पितालाई उच्च पदमा पनि पुर्याउँछ । राज्य र सरकारबाट सहयोग मिल्दछ । उनका पिताका पिता एक ब्रोकर थिए । जहाँबाट ११ बर्षको उमेरदेखी उनले लगानी गर्ने वातावरण र अवसर पाए । पछि उनको कुण्डलीले भने जस्तै उनका पिता अमेरिकी सिनेटका सदस्य समेत भए । उनको विकासका पछाडी पिताको ठूलो योगदान र राज्य संयन्त्रको ठूलो सहयोग रहेको यस कुण्डलीले प्रमाणित गर्दछ ।

लग्नमा बसेका नीजको चन्द्रमाले वफेलाई आत्तिने प्रबृति पनि दिन्छ । उनको प्रथम लगानीको अन्वेषण गर्दा उनले गरेको लगानी छोटो समयमा घट्यो र फेरि छाटो समयमा बढ्यो । आफ्नो मूल पुँजीको लगभग १० प्रतिशत नाफा पाउने वित्तीकै उनले बेचे तर उनले बेचेको त्यो सेयर फेरि छोटो समयमा लगभग ६ सय प्रतिशतले बढ्यो । यो नीजको चन्द्रमाको कमाल हो ।

यस्ता धेरै योगहरु वारेन वफेको कुण्डलीमा छन् । जुन कमै तरिकाले लेख्ने छौँ । ज्योतिष विज्ञान मानवीय चरित्रको एक सिंहवालोकन हो । ज्योतीष शास्त्रको अध्यायनले आफूलाई र आफ्नो शक्तिलाई चिन्न सहयोग गर्दछ ।

(पुडासैनी ज्योतिषसास्त्रका जनाकार हुन)


प्रतिक्रिया दिनुहोस्