बीमा कम्पनीको सीईओले राष्ट्र बैंकको हिजोको पोजीसन र रेस्पोन्स खोजेर हुँदैन « Arthapath.com
१५ भाद्र २०७७, सोमबार

बीमा कम्पनीको सीईओले राष्ट्र बैंकको हिजोको पोजीसन र रेस्पोन्स खोजेर हुँदैन



नारायण पौडेल, सीईओ, प्रभु लाइफ इन्स्योरेनस लि.

कोरोनाले प्रभु लाइफलाई मात्रै होईन समग्र बीमा क्षेत्र प्रभावित भएको छ ।

३ महिनामा प्रभु लाईफको सेयर आउँछ ।

राष्ट्र बैंकबाट अवकाश भएर इन्स्योरेन्स क्षेत्रमा आउनुभयो, इन्स्योरेन्स क्षेत्र कस्तो लाग्यो ?

राष्ट्र बैंकको बैंकिङ र इन्स्योरेन्स क्षेत्र नितान्त फरक भन्न नमिल्ला । इन्स्योरेन्स क्षेत्रपनि वित्तीय बजार कै एक अंग हो । नेपाल राष्ट्र बैंकमा कार्यरत रहँदा पनि बैंक तथा बित्तीय संंस्था जो बित्तीय बजारका पिलरहरु हुन् तिनिहरुको नियमन सुरपरिावेक्षण गर्ने र नीति निर्माणको तहमा रहेर सहयोग पुर्याउने खालको काम हुन्थ्यो । बैंक र बीमा अलिकति भूमिका फरक चाँहि हुन्छ । यो बीमा क्षेत्र भनेको वित्तीय सेवा नै हो । बीमा फिल्ड कस्तो हो भने वित्तीय सेवाको बिक्री गर्ने ब्यावसायीक मुलक कम्पनि हो । काम फरक तर समग्र क्षेत्र भन्दाखेरी बैंक, वित्तीय संस्था, बीमा कम्पनी, सेयर बजार भनेका आर्थिक वित्तीय क्षेत्रसंग सम्वद्ध हुन । बीमा क्षेत्र विशुद्ध नीजि क्षेत्रबाट संचालित लगाानीकर्ताहरुलाई एभ्रेज प्रोफिट दिनेगरि ब्यावसायीक रणनीतिक कार्यक्रम र ब्यावयायीक योजना अनुरुप चल्नुपर्छ । बीमा कम्पनीले वर्षमा कति नाफा कमाउँछ । कति विजनेश गर्यो र समग्र इण्डष्ट्रीमा पोजीसन कस्तो रह्यो भन्ने कुराले कम्पनीका ओभरल पर्फमेस हुन्छ ।

राष्ट्र बैंकमा रेगुलेट गर्ने निकायमा हुनुहुन्थ्यो, बीमामा अहिले रेगुलेट हुनुपर्ने निकायमा हुनुहुन्छ यसलाई कसरी लिनु भएको छ ?

मैले त्यसरी लिएको छैन् । नेपाल राष्ट्र बैंकमा जुनदिन सुरुवात गरिएको थियो, त्यो दिनदेखी नै माटामोटी के थाहा हुन्छ भने म राष्ट्र बैंकमा यो अवधिसम्म रहन्छु भन्ने धेरै पहिले नै थाहा हुन्छ । मुख्य रुपमा ३० बर्ष सेवा अवधि वा ५८ बर्ष उमेरहद हुन्छ । कनै पनि व्यक्तिको एक दुई बर्ष तलमाथी पर्ला नत्र राष्ट्र बैंकमा यतिसम्म काम गर्ने छु भन्ने हुन्छ । त्यसपछि विभिन्न किसिमका योजनाहरु हुन्छन् । अहिले केहि काम गर्न सकिने उमेर नै छ । स्वास्थ्यको अवस्थाको कारणले चाँहि ईन्भलव हुने चाहना हुन्छ । त्यहा आफूले केहि गर्न सकिन्छ भन्ने हो । त्यहि नै म नेपाल राष्ट्र बैंकमा थिएँ । हिजो राष्ट्र बैंकको हिजोको पोजीसन र रेस्पोन्स खोजेर हुँदैन । विभिन्न विकल्पहरु मध्ये कहि कतै आवद्ध हुँ वा कुनै कलेजहरुमा प्राध्यापन गराउँ भन्ने पनि सोचेको थिएँ । विभिन्न विकल्पहरुमध्येको यो एउटा च्वाईस हुन आएको मात्रै हो । एकदम टार्गेटेट रुपमा यहि आउँछु भन्ने कुनै प्लान थिएन ।
कुराकानी गर्दै जाँदा आफूसमक्ष भएका विकल्पहरुमध्ये हेर्दै केहि समयका लागि यहि नै उपयुक्त होकी भन्ने लागेर आएको हुँ । मेरो बीमा सेवा पनि स्थायी रुपको होईन । यो चार बर्षका लागि करारमा नियुक्त भएको हो ।

कतिपय देशहरुमा बैंक र बीमा वित्तीय क्षेत्रको रेगुलेट गर्ने निकाय एउटै छन् तर नेपालमा एउटै छैन, तपाई राष्ट्र बैंकमा ३० बर्ष विताउनुभयो, एउटै रेगुलेटरको बारेमा केहि छलफल भएन ?

बैंक वित्तीय संस्थाहरुले सर्भिस प्रोभाईड गर्दा सकेसम्म वानविण्डो सिस्टम, सबै एउटै ठाउँबाट गर्न मिल्ने भन्ने हो । यसका लागि म एउटा उदाहर दिन्छु, बैंकले पनि इन्स्योरेन्सको कुनै एउटा तालमेलको आधारमा गर्ने भन्ने हो । वेला–वेलामा बैंकलाई ब्रोकरको पनि लाईसेन्स दिने सुनिन्छ । हुन त त्यहाँ मोडालीटि फरक छ । ती कुराहरु के हो भने कहि चाँहि प्यारेन्ट कम्पनि र सहायकको अवधारणा अनुरुप बढाईएको हुन्छ । कँही चाँही लिमिटेड टाईपको सर्भिसेसहरु दिईएको हुन्छ । अप्रतक्ष रुपमा रेगुलेटेर एउटै पनि हुन सक्छ । बैंक र बीमा सम्वन्धमा सार्क देशहरुमा बीमाको लागि छुट्टै र बैंक वित्तीय संस्थाको लागि छुट्टै रेगुलेटर र धितोपत्र बोर्डका लागि छुट्टै रेगुलेटरको ब्यवस्था गरेको पाईन्छ । तर भोली अलिकति फाईनान्सियल सिष्टम हँुदै जाँदाखेरी एउटा पार्टिकुलर वित्तीय संस्थाले फाईनान्सियल सर्भिसेस दिनुपर्ने, दिन सक्ने अवस्थाहरु पनि श्रृजना हुनसक्छ । रेगुलेटरीज बडिहरुको विचमा यथोचित किसिमको समन्वय गर्ने, सूचना आदान प्रदान गर्ने वा ज्वाईन्टली रेगुलेशन गर्ने कुराहरु पनि हुन्छन् ।

तपाई बैंकक फिल्डबाट आउनुभयो, बीमा त तपाईको लागि नितान्त नौलो हो, एक बर्षमा प्रभु लाईफमा आएर के–के गर्नुभयो ?

सामान्यतः जुनसुकै बीमा कम्पनीको चाँहि आर्थिक बर्षको सुरुमा आउँदो आर्थिक बर्षमा के कति बीमा ब्यवसाय गर्ने, के कति ओभरल पोजीसन रहने, प्रोफिट एविलीटिका सूचकहरु कस्तो रहने, बजारमा उपस्थिती कस्तो रहने भन्ने किसिमको योजना बनाईन्छ । योजनाले नृदिष्ट गरे बमोजिम लक्ष्य हासिल गर्नका लागि चाँहि कम्पनी दौडिनु पर्ने हुन्छ र दौडिनका लागी कम्पनिले लक्ष्य हासिल गर्ने मुख्य जिम्मेवारी प्रमुख कार्यकारीले लिएको हुन्छ । गएको आर्थिक बर्षमा केहि लक्ष्य राखेका थियौँ । जति लक्ष्य राखेका थियौँ त्यहा पुग्न सकेनौ तर करिब करिब लक्ष्यको नजिक पुगेको अवस्था छ । जस्तै गत आव २०७६÷०७७ मा हामीले प्रथम बीमा शुल्क करिव ९१ करोड र नविकरण बीमा शुल्क करिव २८ करोड गरेर जम्मा बीमा शुल्क ११९ करोड संकलन गर्न सकेका छाँै । लक्ष्यकै कुरा गर्ने हो भने त्यो भन्दा माथी नै राखेका थियौँ । तर लक्ष्यको नजिक नजिक रहेको र पछिल्लो समयमा आएर हामीले त्यो भनेको अघिल्लो आवको तुलनामा १५५ प्रतिशतले बृद्धि भएको हो । त्यसैले पछिल्ला बर्षमा राम्रो गर्दै आएका छौँ । बीमा कम्पनी नयाँ हो, ३ बर्षको रनिङमा छौँ । सञ्चालनमा आएको हिसावले समग्रमा भन्नुपर्दा अघिल्लो आर्थिक बर्षको भन्दा राम्रो रहेको छ ।

नयाँ खुलेका बीमा कम्पनिहरुमा प्रभु लाइफ इन्स्योरेन्स पछि परेको जस्तो लाग्दैन ?

सञ्चानको हिसावले पनि पछाडी आएको हो । बजार प्रवेशको हिसावले १८ औँ कम्पनि हो । केहि समय अगाडी चाँहि त्यहि १९ को हाराहारीमा थियो । गत आवमा वित्तिय अवस्था केहि सुद्रिएको अवस्था छ । नयाँ कम्पनीहरुमध्येमा पनि नयाँ कम्पनि हो ।

अव यो कम्पनीलाई कति नंबरको बनाउने लक्ष्य छ ?

अव त्यसरी यति नै तह र नंबरमा पुर्यउने भन्ने त्यस्तो खासै छैन । तर सकेसम्म राम्रो गर्ने, अरु कम्पनीहरुको तुलनामा प्रतिस्प्रधी हुने, प्रतिस्प्रधि सेवा दिने र कम्पनीले लिएको विजनेश लक्ष्य पुरा गर्ने र लगाानीकर्ताको डिमाण्ड जुन लाभांस हुन्छ त्यसलाई पुरा गर्ने भन्ने रणनीति लिएर हिडेका छौं । अव ठ्याक्कै यो तहमा भनेर स्थान तोकेर हिँडिएको छैन । सकेसम्म राम्रो गर्ने, आफूसंग भएका प्रोडक्टहरु प्रयाप्त छन् की छैनन् । नभए नयाँ प्रोडक्टहरु बजारमा ल्याउने, बजारमा इन्टरड्युस गराउने, बढिभन्दा बढि अभिकर्ता सञ्चान÷निर्माण गर्ने, बढिभन्दा बढि क्लाईन्ट बेस गराउने र शाखा र कर्मचारीको प्रोडक्टभिटि बढाउने हाम्रो रणनीति रहेको छ ।

कोरोनाका कारण एजेण्टहरु बाहिर घुम्न पाउँदैनन्, लाईफ इन्स्योरेन्सको विजनेश त ठप्प हुन्छ भन्छन् हो ?

कोरोनाको कारण लाईफ इन्स्योरेन्सको विजनेश ठप्प भएको होईन सारा विश्व नै ठप्प छ अहिले । कोरोना संक्रमण सबैतिर फैलिएको छ । अहिले कोरोनाबाट बाँचौं त्यसपछि उद्यम र बीमा गरौँला, आर्थिक क्रियाकलाप गरौँला नी होईन र ? अरु समयको जस्तो ब्यवसाय भएन भनेर चिन्तीत हुनुपर्ने अवस्था छैन् । किनभने बीमा कम्पनी प्रभु लाइफलाई मात्रै होईन समग्र बीमा क्षेत्र प्रभावित भएको छ । बीमा क्षेत्र मात्रै होईन समग्र वित्तीय क्षेत्र प्रभावित भएको छ । अझ पर्यटन क्षेत्र सबैभन्दा बढि प्रभावित भएको छ । हवाई सेवा, होटल, ट्रेकिङ लगायत सबै क्षेत्र प्रभावित भएका छन् । प्रभावको अषर सानो ठूलो कस्तो रह्यो भनेर छलफल गर्ने ठाउँ हुन्छ । प्रभाव नभएको ठाउँ, क्षेत्र र देश नै छैन । त्यसैले यो असामान्य असहज परिस्थिती हो । यसमा खाली पर्ख र हेर को मात्र रणनीति हुन्छ । घरमा बसेर पनि केहि गर्न सकिन्छ । बीमा व्यवसाय प्रबद्र्धन गर्न सकिन्छ । अभिकर्तालाई मोटिभेट गर्न सकिन्छ । अनलाईन मार्फत सेवा प्रवाह गर्न सकछौँ । हामीले त्यसमा फोकस गरेका छौँ ।

बीमा कम्पनिहरुमा समस्या आउन थाले, अव मर्जर बाहेक अरु विकल्प छैन हो ?

मर्जर एक्यूजिशनको कुरा गर्ने हो भने रेगुलेटरको चाहना बीमा क्षेत्रमा मात्रै होईन बैंक वित्तीय संस्थाहरुमा पनि मर्जर भएको छ । एउटा साइजेवल, म्यानेजवल संख्यामा उपस्थिती रहोस्, क्यापीटल लगायतका फाईनान्सियल इण्डिकेटरहरु राम्रो होस भन्ने चाहना हुन्छ । त्यो क्रममा बीमा क्षेत्रमा पनि ३९ वटा बीमा कम्पनीहरु अलि धेरै भएका पो हुन् की, मर्ज गरेर संख्या घटाउने होकी भनेर नियामक निकायले सोच्न सक्छ । यसमा दुई तीनवटा कुराहरु रहनसक्छ । एउटा यसमा क्रस होल्डिङ भएको, जस्तै सेम टाईपको प्रमोटरले दुई वा दुई भन्दा बढि बीमा कम्पनिलाई स्थापना गरेको अवस्था छ भने त्यस्ता कम्पनीलाई मर्ज गर्न सकिन्छ । अर्को सुपरभाईजेरी, रेगुलेटरी एंगलबाट कमजोर देखिएका, प्रफमेन्स राम्रो नदेखिएका र सञ्चालन सम्भावना नभएकालाई सुपरभाईजेरी एक्सनका रुपमा मर्जर एकयूजेशनका लागी बाध्य गर्ने अवस्था रहन्छ । ती मध्ये हामीलाई आएको क्रस होल्डिङ भएकाहलाई पहिलो प्रथामिकतामा राख्ने, पहिलो क्रममा राखेर जानुपर्छ भन्ने मेरो बुझाई रहेको छ । यस सम्वन्धमा रेगुलेटरले चाहना ब्यक्त गरेको जस्तो छ । तर फोर्सफुल जस्तो छैन् ।

कोरोना फैलिएर बीमा गरेका मान्छेहरु मर्न थाले भने त इन्स्योरेन्स क्षेत्र नै खतरामा पर्छ हैन ?
कोरोनाको बीमा भनेको कोरोना पर्टिकुलरको बीमा ननलाइैफले गरेको हो । जीवन बीमा हो मृत्युसंग सम्वन्धित हुन्छ । त्यो जीवन बीमालाई पनि त्यसले असर पर्ने हुन्छ । यो पनि एउटा अहिलेसम्मलाई हाईपोथेटिकल प्रश्न हो । अहिले सयको संख्यामा मृत्यु छ । भोली हजार, लाख र दशौ लाख भयो भने कन्ट्रोल गर्न बीमा क्षेत्रले मात्रै होईन राज्यले नै गर्न मुस्किल हुन्छ । त्यसको क्षति, दावी र भुक्तानीको त आँकलन नै गर्न सकिदैन । तर अहिले यसो हेर्दा कोरोना बाट सतर्क रहन सरकारले सम्पुर्ण किसिमका सुरक्षा तयारी अवलम्वन गरेको छ । यसको संक्रमणको लागि सबै क्षेत्रबाट प्रयास जारी नै रहेको छ । हालको लागि त्यस्तो भयावह अवस्था छैन । भोलीका दिनमा भयावह अवस्था आयो भने सबैलाई खतरा हुन्छ ।

बीमा कम्पनिहरुको पुँजी बढाउने कुरामा छलफल भईरहेको छ । यस्तो अवस्थामा पुँजी बढाएर रिटर्न त दिन सकिदैन हैन ?

अघि पनि मैले भने फाईनान्सियल सराउण्डेड हेर्ने हो कम्पनिको क्यापिटल भनेको कुशल हो । भनेको जति बलियो भयो, जति साईजेवल भयो त्यति नै यसले ईकोनोमिक्स रिक्स कभर गर्ने क्यापासिटी राख्छ । त्यसैले सानातीना धक्काहरु प्रर्दैमा ठूलो क्यापिटल भएका कम्पनिलाई फरक प्रदैन । रेगुलेटरको चाहना के हुन्छ भने सकेसम्म पुँजी आधार बलियो होस । कम्पनीले अब्जर्भ गर्ने रिस्क र कम्पनिले सामाना गर्नुपर्ने सम्भावना दायित्वलाई आँकलन गरेर क्यापिटलको साईज बढाउनुपर्छ भन्ने रेगुलेटरको चाहना ठिकै हो ।
मेरो आफ्नो नितान्त ब्यक्तिगत कुरा गर्नुहुन्छ भने पछिल्लो समय जुन १० वटा नयाँ कम्पनिहरु आए ती अप्रेशनमा आएको ३ बर्ष भएको छ । क्यापिटल बढेको पनि नयाँ कम्पनी आएपछि हो । जीवन बीमाको हकमा २ अर्व र निर्जीवन बीमाको १ अर्व बनाएको धेरै टाईम नभएकाले तत्काल क्यापिटल बृद्धि गर्नुपर्दा अहिलेका एक्जिस्टिङ लगानीकर्ताहरुले नै पैसा राख्नु पर्ने अवस्ता आउँछ । पव्लिकबाट उठ्नु पर्ने पैसा उठ्ला तर प्रमोटरले लगानी गर्नुपरेको अवस्थामा प्रमोटरले फेरि लगाानी गर्नुपर्ने हुन्छ । यसको रिटर्न त्यति प्रयाप्त नहुँदा यो प्वाईन्टबाट हेर्दा त्यति प्रभावकारी नहोला ।

प्रभु ग्रुपद्धारा प्रर्बद्धित मुख्य लगानी रहेको कम्पनी भयो, ग्रुपको कारणले गर्दा व्यवसायमा केहि सहजता आएको छैन ?

यसमा प्रभु बैंक पनि प्रमुख प्रमोटर हो । अरु विकास बैंकहरु पनि प्रमोटर छन् । प्रभु ग्रुप अन्तर्गतका कम्पनिहरु पनि प्रमोटर छन् । यो पनि प्रभु ग्रुप अन्तर्गत रहेको हुनाले केहि हदसम्म सहजीकरण भएको छ । प्रभु ग्रुप मुलुकभरि चिनिएको हुनाले त्यो बेनिफिट लाइफ इन्स्योरेन्समा पनि भएको छ । अरु हिसावले भन्ने हो भने त यो सेपरेट कम्पनि हो । पब्लिक लिमिटेड कम्पनिका रुपमा दर्ता भएको, बीमा समितिबाट लाईसेन्स लिएर आएको एउटा छुट्टै कम्पनि हो ।

तपाईसगै खुलेका कम्पनिले धमाधम आईपीओ ल्याउन थाले प्रभु लाइफको आईपिओ कहिले आउँछ ?

त्यति धेरै आएको त छैन । एउटा कम्पनिले गर्याे । अरु पाईपलाईनमा छन । हामी पनि पनि पाईपलाईनमा रहेका छौँ । एउटा कुरा के हो भने आईपीओमा जानको लागि २ बर्षको कम्प्लीट ब्यालेन्ससिट आवश्यक हुन्छ । हाम्रो ०७५/०७६ को ब्यालेन्ससिट फाईनल भईरहेको छ । क्रेडिट रेटिङ पनि गराईसकेका छौँ । ईस्यू म्यानेजर पनि नियुक्त गरिसकेका छाँै । अन्डरराईटर पनि नियुक्त गरिसकेका छाँै । ब्यालेन्ससिट फाईनल नभएसम्म हामीले सेवनमा रिक्वेस्ट गर्न नमिल्ने टेक्निकल कारणले गर्दा मात्रै हो । ब्यालेन्ससिट फाईनल हुनासाथ आईपीओमा जाने कुरा अघिल्लो बर्षको एजिएमले पास गरिसकेको छ । त्यसैले हामी १ बर्षको पुरा भएको तर दुई बर्षको पुर्याउन तयारीमा रहेकाले यसले रोकेको हो ।

कति समय लाग्छ आईपिओ ल्याउन ?

हाम्रो प्लानिङ अनुसार त अघिल्लो बर्ष हो तर केहि कारणले ढिलो भएको हो । करिब ३ महिनाभित्र आउँछ । हाम्रो हिसाबले काम सम्पन्न भयो भने । अव धितोपत्र बोर्डबाट स्वीकृत लिनुपर्ने, बीमा समितिबाट र कम्पनि रजिष्टारबाट स्वीकृत लिनुपर्ने हुन्छ । यो सबै भएपछि ३ महिनामा प्रभु लाईफको सेयर आउँछ ।

आईपीओ ल्याएपछि लाभांश दिन सकिन्छ ?

अव तत्काललाई लाभांश दिन सकिने स्थिति बनिसकेको छैन । यो बर्ष अफ्टेरो हुने अवस्था छ । किनभने यो बीमा व्यवसाय गरेर अहिले नाफा बढ्ने अवस्था छैन । किनकी बीमा व्यवसाय बृद्धि गरे जुन आउने प्रिमियम हो त्यो प्रिमियमा ३० प्रतिशत कर्मचारी खर्चको लिमिट छ रेगुलेटरले तोकेको । वितरण योग्य बचत ९० प्रतिशत पोलीशी होल्डरको फण्डमा जान्छ र बाँकी १० प्रतिशत मात्रै सेयर होल्डरको फण्डमा जाने हो । यो ज्यादै सानो हुन आउँछ । यो सबैको कम्बिनेशन भनेको हामीले आम्दानी कहाँबाट गर्छाै भन्ने हो । त्यो आम्दानी हामीले ब्याज आम्दानी हुने हो । जुन चाँहि १० प्रतिशतको हाराहारीमा थियो त्यो ब्याजदर ७ प्रतिशतमा घटेको छ । त्यसले गर्दा २ प्रतिशत ब्याज घटेको छ । यसले गर्दा हाम्रो कम्पनीलाई मात्रै नभएर अन्य लाई पनि ब्याजदर आम्दानी उल्लेख्य घट्ने संकेत देखिएको छ । यसले नाफामा धक्का पर्ने देखिएको छ । प्रोफिट र आम्दानी बढाउने गतिविधिमा नलागेर नाफा उत्साह जनक बढाउन मुस्किल छ ।

प्रभु लाईफ बजारमा सुस्ताएको छ, यो एग्रेसिप्ली कहिले हुन्छ ?

हामी सुस्त अवस्थामा छैनौ । हामी पछाडी आएको कम्पनी हुनाले बीमा शुल्क संकलका हिसावले अलि पछाडी हो । पछिल्ला दिनहरुमा सुधार पनि भएको छ । क्रमिक रुपमा सुधार हुँदै जान्छ । धेरै पुराना कम्पनिहरुसंग तुलना गर्न पनि हुँदैन । अलि नयाँ कम्पनिहरु मध्ये चाँहि केहि तलमाथि हुनु स्वभाविक हो । एग्रेसिप चाँहि नभनौ कम्पनिको लक्ष्यमा पुग्नलाई कोशिस गरिरहेका हुन्छौँ ।


प्रतिक्रिया दिनुहोस्