श्रम मन्त्री यादवको घोषणा ५ लाखले रोजगारी पाउने « Arthapath.com
१६ भाद्र २०७७, मंगलवार

श्रम मन्त्री यादवको घोषणा ५ लाखले रोजगारी पाउने



काठमाडौं । श्रम मन्त्री रामेश्वर राय यादवले ५लाख नेपालीलाई रोजागरी दिने बताएका छन् । चालु आव २०७७/०७८ का लागि मन्त्रालयका लक्ष्य तथा कार्यक्रमको आयोजना सार्वजनिक गर्दै सार्वजनिक, निजी क्षेत्र र विशेष कार्यक्रममार्फत ५ लाख रोजगारी सिर्जना गर्ने बताए । त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमबाट दुई लाख जनालाई रोजगारी प्रदान गर्ने उनले बताए ।

त्यस्तै बैदेशिक रोजगारीको शिलशिलमा गएका श्रमिकहरुको घरमा इण्टरनेट जडान गरिने भएको छ । विदेशमा काम गर्न गएका श्रमिकहरुको घरमा ईण्टरनेट जनान गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलले जनाएको छ । विदेशमा रहेका नेपाली श्रमिक र परिवारसंग सिँधै सम्पर्क गर्नको लागि मन्त्रालयले यस्तो योजना अगाडी सारेको हो ।

उनले भने विदेशमा गएका मानिसमा विभिन्न सामाजिक समस्या देखा परेकाले निरन्तर सम्पर्क रहेमा समस्या न्यूनिकरण हुने छ । यसका लागि दातृ निकायहरू, स्थानीय सरकार र प्रदेश सरकारसमक्ष कार्यक्रमहरूको प्रस्ताव राखेर अगाडी बढाईने छ ।

त्यस्तै, प्रदेश र स्थानीय तहको सहकार्यमा ३ हजार गरी जम्मा ६२ हजार ३ सय ४० जनालाई रोजगारमूलक तालिम दिने र मन्त्रालय अन्तरर्गत रहेका ३ वटा सीप विकास तालिम प्रतिष्ठानहरूको स्तरोन्नती गरिने उनले बताए ।

विदेशमा अलपत्र वा कठिनाइमा परेकालाई तत्काल उद्दार र राहत प्रदान गर्ने, ३ हजार प्रतिष्ठानमा श्रम अडिट, एक हजार प्रतिष्ठानको निरीक्षण र न्यूनतम पारिश्रमिक पालना गर्ने प्रतिष्ठानको संख्या एक हजार थप गरिने, बालश्रम निरीक्षण यसवर्ष एक हजार प्रतिष्ठानमा गर्ने र २५ वटा स्थानीय तहलाई बालश्रममुक्त घोषणा गर्ने, जापान, कोरिया लगायतका जीटुजी प्रणालीमार्फत वैदेशिक रोजगारीमा पठाइने देशहरुमा छिटो र सहज रुपमा जान सक्ने विधि र संरचनाको सुधार गरिन मन्त्री यादबले बताए ।


प्रतिक्रिया दिनुहोस्