देशभरि प्रहरी, सशस्त्र र सेनाका ३ हजार बढिमा कोरोना « Arthapath.com
१८ भाद्र २०७७, बिहीबार

देशभरि प्रहरी, सशस्त्र र सेनाका ३ हजार बढिमा कोरोना



काठमाडौं । विश्वभरि महामारीका रुपमा फैलिरहेको कोरोना भाईरसका कारण विश्व जगत नै यतिबेला त्रासमा छ । यसको नियन्त्रण कहिले हुन्छ हालसम्म कुनै पनि औषधी बनिसकेको छैन् । तर यसको नियन्त्रणका लागि विश्वका बैज्ञानिकहरु खोजमालागि रहेका छन् । हालै मात्र रुस, भारत, अमेरिका, चिन लगायतका देशले कोरोनाविरुद्धको भाईरस पत्ता लागेको दावी गरेका छन् ।

कोरोना भाईरसले नेपालमा पनि महामारीको रुप लिईरहेको छ । प्रत्येक दिन कोरोना भाईरस संक्रमितको ब्यक्तिहरु थपिदै गएका छन् । यसका बावजुत पनि सुरक्षा संगठन प्रहरी, सशस्त्र र नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।

कोरोना महामारीविरुद्धको अभियानमा फ्रन्टलाइनमा खटिने भएकाले उनीहरुमा कोरोना संक्रमण बढ्दै गएको छ । यसरी उनीहरु खटिदा सबैभन्दा बढि नेपाल प्रहरीका १९ सय ५४ जना कोरोना भाईरसबाट संक्रमित भएका छन् ।

प्रहरी प्रधान कार्यालयका ८४, काठमाडौं उपत्यकाका ४७२, प्रदेश १ का १९८ प्रदेश २ मा ११५, वाग्मती प्रदेशका ५५, गण्डकी प्रदेशका ८७, प्रदेश ५ का ७८, कर्णाली प्रदेशका ३७ र सुदूरपश्चिम प्रदेशका १५ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरुमध्ये हालसम्म ८१३ जना डिस्चार्ज भएका छन् भने ११ सय ४१ सक्रिय संक्रमित छन् ।

त्यस्तै सशस्त्र प्रहरी बलका ६२२ जनालाई कोरोना संक्रमण भएको छ । जसमध्ये ३०५ जना डिस्चार्ज भएका छन् ।

त्यस्तै नेपाली सेनाका ५ सय ८ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये १२६ जना डिस्चार्ज भएका छन् भने ३८२ उपचारमा छन् ।


प्रतिक्रिया दिनुहोस्