खाद्य आदान प्रदान कार्यक्रम– हालसम्म २८९ परवारलाई खाद्यान्न सहयोग « Arthapath.com
१९ भाद्र २०७७, शुक्रबार

खाद्य आदान प्रदान कार्यक्रम– हालसम्म २८९ परवारलाई खाद्यान्न सहयोग



बिश्व अधिकारी

मकवानपुर । मदन भण्डारी फाउण्डेशन मकवानपुरले सञ्चालनमा ल्याएको खाद्य आदान प्रदान कार्यक्रम अन्तरगत हालसम्म दुई सय ८९ परिवारलाई खाद्यान्न सहयोग उपलब्ध गराइएको छ । कोरोना महामारीका कारण दैनिक गुजारा चलाउन नसकेर अप्ठ्यारोमा परेका श्रमजीवी तथा विपन्न परिवारलाई लक्षित गरेर सञ्चालन गरिएको अभियान मार्फत हालसम्म दुई सय ८९ परिवारलाई सहयोग उपलब्ध गराइएको अभियानका संयोजक एवम् फाउण्डेसनका सदस्य उत्तम शर्मा न्यौपानेले जानकारी दिनुभयो ।

हेटौण्डा–४,स्थित कपुर कम्प्लेक्स अगाडि गत सोमबारबार सञ्चालित अभियान मार्फत पहिलो दिन ३० जना, दोस्रो दिन ५२ जना, तेस्रो दिन ७३ जना, चौथो दिन ५२ जना र आज पाँचौ दिन ८२ जनालाई गरी हालसम्म कुल २८९ जनालाई खाद्यान्न सहयोग उपलब्ध गराइएको अभियानका संयोजक न्यौपानेले जानकारी दिनुभयो । फाउण्डेसनले कोरोना महामारीका कारण दैनिक गुजारा चलाउन नसकेर अप्ठ्यारोमा परेका (छाक बसेका) श्रमजीवी तथा विपन्न परिवारलाई बढीमा दुई छकलाई पुग्नेगरी चामल, दाल, तेल र नून उपलब्ध गराउने गरेको उहाँले जानकारी दिनुभयो ।

फाउण्डेसनले मानवीय कार्यका रुपमा आफ्नै लगानीबाट सुरु गरेको अभियानमा अहिले थुप्रै व्यक्ति एवम् संघ संस्थाहरुबाट सहयोग आउने क्रम समेत सुरु भएको उहाँले बताउनुभयो । अभियानमा अहिलेसम्म फाउण्डेसनका अध्यक्ष रघुनाथ खुलालले ५ हजार, हेटौंडा–९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले २ बोरा चामल, फाउण्डेसनका सदस्य बोलबहादुर कार्कीले २ हजार बराबरको खाद्यान्न, फाउण्डेसनका सचिव आशाकाजी श्रेष्ठले एक बोरा नून, मुस्लिम युवा समाजले १० बोरा चामल सहयोग गरेको छ ।

त्यस्तै व्यक्तिगत रुपमा सुदर्शन अधिकारीले ५० हजार बराबरको खाद्यान्न, नरहरी महतले ५ हजार बराबरको खाद्यान्न, दिप लामाले ७ हजार बराबरको खाद्यान्न, उपेन्द्र पोखरेलले १ बोरा दाल, सुशीला मल्लले २ बोरा सोयाविन, नेपाल मुस्लिम समाजले १६ हजार बराबरको खाद्यान्न, सुदर्शन ढकालले ४ हजार बराबरको खाद्यान्न, प्रताप बिष्टले १ कोरा चामल, गणेश कुमारी प्रधाले चामल २ बोरा र तेल एक कार्टुन, जुनेली श्रेष्ठले दाल २ बोरा र श्रवण सुनारले ३ कार्टुन तेल र १ बोरा नून सहयोग उपलब्ध गराउनु भएको उहाँले जानकारी दिनुभयो ।

अभियान मार्फत नगद सहयोग लिने नगरेको तथा हेटौण्डा–४स्थित कपुर कम्पलेसबाट मात्र अभियान सञ्चालन भएको फाउडेसनका अध्यक्ष रघुनाथ खुलालले जानकारी दिनुभयो । अध्यक्ष खुलालले अभियानलाई थप व्यवस्थित गदै खाद्यान्न सहयोगको दायरा बढाउँदै लैजाने जानकारी दिनुभएको छ । यसैबीच मदन भण्डारी फाउण्डेशनले सञ्चालन गरेको खाद्य आदान प्रदान कार्यक्रमको आज राष्ट्रिय समावेशी आयोगकी कार्यवाहक अध्यक्ष विष्णु ओझाले निरीक्षण समेत गर्नुभएको छ । निरिक्षणका क्रममा उहाँले अभियान निकै राम्रो भएको प्रतिकृया दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्