उद्योगपति एवं सांसद विनोद चौधरीले कोरोना जिते « Arthapath.com
२२ भाद्र २०७७, सोमबार

उद्योगपति एवं सांसद विनोद चौधरीले कोरोना जिते



काठमाडौं । उद्योगपति एवं सांसद विनोद चौधरीले कोरोना संत्रलमणमुक्त भएका छन् । चौधरी ग्रुपका अध्यक्ष तथा नेपाली काँग्रेसका सांसद चौधरीलाई भदौ १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनले १० दिन पछि कोरोना जितेको बारेमा सामाजिक संजाल ट्वीटरमार्फत जानकारी दिए ।

यसअघि पनि चौधरीले आफूलाई संक्रमण पुष्टि भएको र होम आइसोलेसनमा बसेको पनि सामाजिक संजाल मार्फत नै जानकारी दिएका थिए । उनले आफ्नो सम्पर्कमा रहेका सबैजनालाई सतर्कता अपनाउन पनि आग्रह गरेका थिए । सामाजिक सञ्जालमा ट्वीटरमा ट्वीट गर्दै उनले आफूलाई स्वास्थ्यलाभको कामना गर्नु हुने सबैलाई धन्यवाद दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्