ताप्लेजुङमा बाढीले दुई जनालाई बगायो « Arthapath.com
२२ भाद्र २०७७, सोमबार

ताप्लेजुङमा बाढीले दुई जनालाई बगायो



काठमाडौं । ताप्लेजुङको सिरिजंघा गाउँपालिकास्थित नागदेवा खोलामा गए राति आएको बाढीले जलविद्युत् आयोजनाको विद्युत्गृहसहित दुई जनालाइ बगाएको छ ।

बाढीमा परी तेल्लोकका राजु थेबे र विष्णुराज थेबेको ज्यान गएको हो ।

स्थानीय नागदेवा खोला लघुजलविद्युत् आयोजनाको विद्युत्गृहमा कार्यरत राजु र उनका साथी विष्णुराजलाई राति करीब १ बजे अचानक खोलामा आएको बाढीले बगाएको सिरिजंघा गाउँपालिकाका अध्यक्ष टीका गुरुङले जानकारी दिए । राजु आयोजनाको विद्युत्गृहका कर्मचारी हुन् भने विष्णुराज उनका साथी हुन् ।


प्रतिक्रिया दिनुहोस्