ओली सरकारको अग्रगामी छलाङ, सडक पुल निर्माणमा १३ अर्ब रुपैयाँ खर्च « Arthapath.com
२२ भाद्र २०७७, सोमबार

ओली सरकारको अग्रगामी छलाङ, सडक पुल निर्माणमा १३ अर्ब रुपैयाँ खर्च



नयाँ ३ सय पुलको ठेक्का

काठमाडौं । सरकारले गत आर्थिक बर्षमा २०७६/०७७ मा देशभरिका सडक पुल निर्माणमा १३ अर्व रुपैयाँ खर्च गरेको छ । गत बर्षमा मुलुकभर निर्माणाधिन करिव १५ सय पुल तथा पुलको डिजाइन गर्न सडक विभागले विनियोजित रकमको ३ गुणा खर्च गरेको विभागले जनाएको छ ।

निर्माणाधीनमध्ये ३ सय पुल सम्पन्न गर्ने लक्ष्यका साथ साढे ४ अर्ब बजेट विनियोजन भएकोमा सो रकम अपुग भएपछि बजेट थप गरिएको थियो भने उक्त पुलहरु निर्माण सम्पन्न गर्न सकेको छैन् ।

बन्दाबन्दीका कारण लक्ष्यअनुसार काम हुन नसकेको विभागले बताएपनि अन्य विकास संरचनाको तुलनामा भन्दा पुल निर्माणमा ७० प्रतिशत प्रगति भएको दाबी गरेको छ ।

बन्दाबन्दीकै अवधि चैतदेखि असार अन्तिमसम्म मात्रै निर्माणाधीन ८० पुल बनिसकेका र गत आवमा २ सय १० पुल निर्माण सम्पन्न भएको विभागको पुल महाशाखा प्रमुख दीपककुमार भट्टराईले बताए ।

यसैगरी विभागले चालू आवमा नयाँ ३ सय पुलको ठेक्का लगाउने तयारी गरेको छ । यो वर्ष पुल निर्माणका लागि १० अर्ब बजेट विनियोजन गरिएको विभागले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्