व्यवसायीहरूको माग लकडाउन र निषेधाज्ञा अवधिको ब्याज पूर्णरुपमा मिनाहा गर्नुपर्ने « Arthapath.com
२३ भाद्र २०७७, मंगलवार

व्यवसायीहरूको माग लकडाउन र निषेधाज्ञा अवधिको ब्याज पूर्णरुपमा मिनाहा गर्नुपर्ने



काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले कोरोना भाइरस महामारी रोकथाम तथा निययन्त्रणको लागि गरिएको लकडाउन र निषेधाज्ञा अवधिभरको बैंक तथा सहकारी संस्था समेतको ब्याज पूर्णरुपमा मिनाहा गर्नुपर्ने माग गरेको छ ।

महासंघले यस अवधिभरको व्यवसायीक घरभाडा मिनाहा गर्नुपर्ने, कोरोनाबाट प्रभावित उद्योगी–व्यापार बचाउनका लागि ५ प्रतिशत ब्याजदरमा बिना धितो ऋण उपलब्ध गराउनु पर्ने, एक वर्षदेखि केरुङ नाकामा रोकिएका कन्टेनरहरु तुरुन्तै ल्याउन पहल गर्नुपर्ने र निजी क्षेत्रमा रहेको सिण्डिकेटको अन्त्य गर्दै साना तथा मझौला उद्योगी व्यवसायीहरुको समेत सहभागिता सरकारले समन्वय समिति गठन गर्नुपर्ने माग ब्यावसायीहरुले गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्