कोरोना फैलिएपछि घरमै रोजगारी दिदैँ « Arthapath.com
२० जेष्ठ २०८३, बुधबार

कोरोना फैलिएपछि घरमै रोजगारी दिदैँ



काठमाडौं । कोरोना भाईरसले गर्दा बेरोजारी बढिरहेका बेला दाङको सीसहनियाका युवाहरूले घरमै रोजगारीका अवसर सृजना गर्न थालेका छन् ।

राप्ती गाउँपालिकाका अधिका.श मानिस कृषि पेशामा आवद्ध भएकाले जमिन भाडामा लिएर खेती गर्दै आएका छन् । उनीहरु आफूसँग रहेको जग्गाजमिन सदुपयोग गर्दै र अपुग जमिन भाडामा लिएर तरकारी, फलफूल खेतीदेखि पशुपंक्षी, माछा, माहुरी पालनसम्ममा कृषकहरू आकर्षित भएका छन् । महामारी फैलिएपछि विदेशबाट स्वदेश फर्किएका युवाहरू अहिले गाउँघरमै कृषि पेशामा नमूना काम गर्न कस्सिएका छन् ।

भारतबाट फर्किएका खेमराज खड्काले छोट्की सीसहनिया कुखुरापालन, कतारबाट फर्किएका अनिल चौधरीले घर निर्माणसम्बन्धी परामर्श तथा निर्माण एजेन्सी, सूर्यनारायण चौधरीले बाख्रा पालन सुरु, तुला गिरीले मसुरियामा हार्डवेयर पसल खोलेर उनीहरुले रोजागारी दिईरहेका छन् । उनीहरु आफूले खोलेको उद्योग तथा व्यवसायबाट अरुलाई पनि रोजगारी दिँदै आएका छन् । कोरोना महामारीको समयमा उनीहरुले रोजगारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्