भक्तपुरबाट ठूलो परिमाणमा लागुऔषध बरामद

काठमाडौं । प्रहरीले भक्तपुरबाट ठूलो परिमाणमा लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
आज विहान बिहान महानगरीय अपराध महाशाखाको टोलीले वीरगन्जबाट आएको ना ३ ख ९८९ नम्बरको ट्रकबाट ठूलो परिमाणको लागुऔषध बरामद गरेको प्रहरी स्रोतले जनाएको छ ।
सुरुमा दुई जनालाई नियन्त्रण गरीएको र अहिले भने डिलर सञ्चालक समेत समातिएको महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताए ।
प्रहरीले उक्त गाडीबाट १२ हजार ९ सय पिस डाइजेपामलगायत लागुऔषध बरामद गरेको छ ।
उनीह्रुलाई नियन्त्रण गेरर घटनाको बारेमा थप अनुसन्धान अगाडी बढाएको महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताए ।