सहकारीको ५ करोड ६७ लाख रूपैयाँ ठगी आरोपमा पक्राउ « Arthapath.com
२३ भाद्र २०७७, मंगलवार

सहकारीको ५ करोड ६७ लाख रूपैयाँ ठगी आरोपमा पक्राउ



काठमाडौं । सहकारीको ५ करोड ६७ लाख रूपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२१ न्यूरोडमा रहेको नौलो परिवेश बचत तथा सहकारी संस्था लिमिटेडको प्रबन्धक पदमा रहेका बेला ५ करोड ६७ लाख रूपैयाँ ठगी गरेको आरोपमा काठमाडौं–३१ का ४४ वर्षीय राजकाजी खड्गी पक्राउ परेका हुन् ।

२०७० असारदेखि गएको जेठ मसान्तसम्म सहकारीको हर हिसाव तथा बैंक खाता सञ्चालन समेतको सम्पूर्ण जिम्मा लिई उनले रकम ठगी गरेको आरोप लागेको छ ।

रकम ठगी फरार भएका उनलाई ललितपुर महानगरपालिका–२३ धापाखेलबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले बताए । पक्राउ परेका खड्गीलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुको जिम्मा लगाइएको छ ।


प्रतिक्रिया दिनुहोस्