बुधबार थप १ हजार ८१ जनामा कोरोना,उपत्यकामा ४ सय ६४ थपिए « Arthapath.com
२४ भाद्र २०७७, बुधबार

बुधबार थप १ हजार ८१ जनामा कोरोना,उपत्यकामा ४ सय ६४ थपिए



काठमाडौं । बुधबार थप १हजार ८१ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । योससँगै कुल संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९सय १८ जना डिस्चार्ज भएका छन यो संगै निको हुनेको संख्या ३३ हजार ८ सय ८२ पुगेको छ ।

काठमाडौं उपत्यकाका थप ४६४ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।
काठमाडौंका ३९४, ललितपुरका ३४ र भक्तपुरका ३६ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ६ जनाको मुत्यु भएको छ । यो संगै कोरोना बाट ज्यान जानेको संख्या ३ सय १२ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्