धितोपत्र बोर्डद्धारा सामुहिक लगानी कोष चौथो संसोधन नियमावली लागु « Arthapath.com
२४ भाद्र २०७७, बुधबार

धितोपत्र बोर्डद्धारा सामुहिक लगानी कोष चौथो संसोधन नियमावली लागु



कामठाडौं । नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी कोष नियमावलीमा भएको संशोधन सम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याएको छ । अर्थ मन्त्रालयबाट स्वीकृति भएको सामूहिक लगानी कोष (चौथो संशोधन) नियमावली, २०७७ भदौ २४ गते अर्थात बुधबार लागु गरिएको हो ।

योजना व्यवस्थापकले खुलामुखी योजनाको इकाई पुर्नखरिद गर्दा लिने शुल्क (एक्जिट फि) योजनको आयमा लेखांकन गर्नुपर्ने छ । बिद्घमान व्यवस्थाले इकाइधनी (लगानीकर्ता) को कोष मजबुत भई बढी प्रतिफल पाउन सहयोग पुग्नेछ ।

त्यस्तै, उक्त नियमावलीको नियम ४० को उपनियम ९४० मा योजना व्यवस्थापक र योजनाको लेखा परिक्षकको नियुक्ती गर्दा बोर्डलाई जानकारी दिई नियुक्त गर्न सक्ने व्यवस्था गरिएको छ । यस अघि सो बोर्डबाट स्वीकृति लिएर मात्र गर्न सकिने व्यवस्था रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्