दशैँका लागि ६ करोडका भेडाच्याङ्ग्रा आउँदै « Arthapath.com
२५ भाद्र २०७७, बिहीबार

दशैँका लागि ६ करोडका भेडाच्याङ्ग्रा आउँदै



काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस बर्षको दशै पर्वका लागि ६ करोड रुपैयाँका भेडा च्यांग्रा र खसीबोका आयात गर्ने भएको छ । कोरोनाका कारण नेपालीले घरभित्रै दशै मनाउने अवस्था भएपनि कम्पनीले ६ करोड रुपैयाँका खसीबोका र भेडा च्यांग्रा आयत गर्न लागेको हो । गत बर्ष करिब ५ करोड रुपैयाँको खसीबोका र च्याङग्रा ल्याएको थियो ।
लामो समय लकडाउन लगाएको र काठमाडौं उपत्याकामा निषेधाज्ञाका कारण आयातमा समस्या आउने होकी भन्नने चिन्तामा रहेका बेला कम्पनीले दसैंका लागि ३ हजार खसीबोका र च्याङ्ग्रा ल्याउने भएको हो ।

काठमाडौं उपत्यकाका लागि ६ करोड रूपैयाँ बराबरका १६ सय खसीबोका र १४ सय वटा च्याङ्ग्रा ल्याउने कम्पनीले जनाएको छ । जसमा खसीबोका खरिद गर्न ३ करोड ३८ लाख ६४ हजार र च्याङ्ग्रा खरिद गर्न २ करोड ६१ लाख रुपैयाँ छट्याईएको कम्पनीकी सूचना अधिकृत शर्मिला सुवेदीले जानकारी दिईन ।


प्रतिक्रिया दिनुहोस्