प्रचण्डका घरवेटीले देखाए मल नल्याउनुुुुुकाे कारण, किसानलाई राहात दिने « Arthapath.com
२८ भाद्र २०७७, आईतवार

प्रचण्डका घरवेटीले देखाए मल नल्याउनुुुुुकाे कारण, किसानलाई राहात दिने



काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले युरिया मल खरिद गर्नका लागि दुईवटा नेपाली कम्पनी शैलुङ कन्स्ट्रक्सन र होनिको मल्टिपलसँग भएको सम्झौता रद्द गरेको १ हप्तापछि शैलुङ कन्स्ट्रक्सनले मल ल्याउन ढिला हुनुको १ दर्जन कारण सहित विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएको छ ।

गत बैसाख १२ गते ९२४ अप्रिल २०२०० मा कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेजसँग २५ हजार मेट्रिक टन युरिया मल आयातका लागि ठेक्का सम्झौता गरेको थियो ।

सम्झौता अनुसार समयमा मल नआएपछि सरकारले भदौ २२ गते उक्त सम्झौता तोड्ने, ४ लाख ८० हजार अमेरिकी डलर बराबरको जमानत जफत गर्ने र कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

ढिलाइको कारणहरुः

१. यस भन्दापहिला विदेशी सप्लायरहरुले मात्र सामान आपुर्ति गरिरहेकोले टेण्डर डकुमेन्ट तथा सम्झौतापनि सो वमोजिम नै वनाएको जुन नेपाली सप्लायर र नेपाली परिस्थितीअनुसार सुहाउदो नभएको ।

२. कृषि सामग्री कम्पनी लिमिटेडले प्रतितपत्र को ९० प्रतिशत रकम कलकत्ता वन्दरगाहमा सामान आइसकेपछि भुक्तानी गर्ने र वाकी १० प्रतिशत रकम सामान कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा पुर्याएपछि भुक्तानी गर्ने भनि प्रति पत्र खोलिएकोमा पछि प्रतितपत्र को सम्पुर्ण १०० प्रतिशत रकम नै सामान कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा पुर्याएपछि मात्र भुक्तानी गर्ने भन्ने प्रावधान थप गरिएको कारण । साथैै प्रतित पत्र पनि सो बमोजम नै पटक पटक शंसोधन गरिरहनु परेकोले ।

३. थप प्रावधानको कारण नेपाली वैंक र सप्लायर कम्पनीहरु संग पहिला गरिसकेको सहमति वमोजिम सप्लायर कम्पनीले सामान सप्लाइ गर्न नसक्ने जानकारी दिए पछि Renegotiate गर्नु पर्ने भएकोले ।

४. थप गरिएको प्रावधानका कारण ठुलो धनराशीआवश्यक पर्ने र सो रकमको लागी टर्म लोन वुक गर्नको लागीआवश्यक धितो व्यवस्थापन गर्नका लागि मालपोत कार्यँलय बन्द भएको अवस्था थियो, ठुलो धनराशीको लोन भएकोले पास गर्नको लागी वैकको संचालक समितिको पटक पटक वैठक वस्नुपर्ने आदि जस्ता प्राविधिक कठिनाइका कारणले ।

५. शुरुमा रसियन सप्लायर र उत्पादनकर्ताको नाममा प्रतित पत्र खोलेकामा COVID – 19 को कारणले रसियाको पोर्ट तथाअन्य संस्था वन्द भइ सामानलोड हुन नसकेकोले सप्लायर र उत्पादनकर्ता नै परिवर्तन गर्नु परेकोले ।

६. दोस्रो प्रतितपत्र ओमानको सप्लायर र उत्पादनकर्ताको नाममा खोलेका साथै भेसल नोमिनेसन भैसकेको वोरा वनाइसकेको ( DHL वाट छपाइ भैसकेको वोराको Sample पठाएकोमा उक्त Sample आइपुग्न १६ दिनलाग्ने जनाएको साथै वोराको फोटो तथा DHL receipt को प्रतिलिपी प्रमाण स्वरुप पठाइसकेको )तथा सम्पुर्ण प्रकृया सकिएता पनि COVID – 19को कारणले भेसल लोड हुननसकेको ।

७.सामुद्रिक आधिका कारण हल्दीया वन्दरगाहमा क्षतिभएको र सो मर्मतको लागी nfuLOctober 2020 सम्म लाग्ने व्यहोरा कलकत्ता वन्दरगाहले सप्लायर, लोजेस्टीक सर्भिस, ट्रान्सपोर्टर लाइ जानकारी गराएको साथै ३० सेप्टेम्वर २०२० भन्दा पछि मात्र जहाज पठाउनु भन्ने सन्देश पठाएको ।

८. हल्दीया वन्दरगाहको भौतिक क्षतिको प्रमाणिकरणको लागी सर्भेक्षणको लागी विश्वभर मान्यता प्राप्त SGS कम्पनी वाट हालसालै गरिएको सर्भेक्षणले पनि मर्मत सम्भार नगरी वन्दरगाहमा Cargo सुरक्षित राख्ननमिल्ने व्यहोरा 2 September 2020 को प्रतिवेदनतथाक्षतिको विवरणमा प्रष्ट पारेको छ ।

९. हल्दीया वन्दरगाहकोSeptember 2020 को अन्त्यमा मात्र Cargo पठाउन मिल्ने भन्ने इमेल पश्चात ओमान पोर्टमा लोड हुुनको लागी गइसकेको जहाजमा सामान लोड हुन नसकेको तथा नोमिनेसन भैसकेको जहाज फिर्ता गर्नु परेकोले क्षति पर्ति तिर्नु परेको ।

१०.पुन अर्काे भेसल नोमिनेशन गरि जानकारी गराएको ।

११. सम्पुुर्ण व्यहोरा जानकारी गराइसकेपछि पनि भेसल नोमिनेसन तथा भेसलको नाम नपठाएकोले ठेक्का तोडिएको भनि २०७७।०५।२१ गते पत्रिकालाइ जानकारी गरेको तथा २२ गते मात्र हामीलाइ जानकारी गराएको ।

ठेक्कातोडिनुको कारण

१. यस भन्दा अघि यस्तै प्रकृतिको मलआपुर्ति सम्वन्धी ठेक्कामा आपुर्तिकर्तालाई ८महिनासम्म म्यादथप गरेको र म्यादथपपश्चातपनिमलनल्याउने आपुर्तिकर्ता संग प्रति टन ३० डलरमात्रलिएर धरौटी जफतनगरी तथाअन्य कारवाहिपनिनगरी मुक्तगर्दै आएको

२. पहिला देखि मलआपुर्ति गर्दे आएका विदेशी आपुर्तिकर्ता संग वढि दररेटमा सामान आपुर्ति हुदै आएको तर हाल नेपाली आपुर्तिकर्ता संग चाहिँ कम दरमा संझौता भएको ।

३. पुरानो ठेक्का तोडेर नया ठेक्का लगाउदा कम्तिमा ७ देखि ८ महिना लाग्ने ( टेण्डर सुचना २ महिना, मुल्याङ्कन १५ दिन, सम्झौता १५ दिन, प्रतितपत्रखोल्न १५ देखि २० दिन, सामान आउन ११७दिन) लाग्ने, सो समयभन्दा कममा हामी आफैले आपुर्ति गर्न सकिने ।

४. सम्झौतामा सामान आपुर्ति समयमै नभएमा हर्जना लगाउन सक्ने प्रावधान भएता पनि ठेक्का रद्द
गर्ने प्रावधान नभएको ।


प्रतिक्रिया दिनुहोस्