दशैँका लागि तीन हजार खसी, बोका किन्दै खाद्य कम्पनी « Arthapath.com
२८ भाद्र २०७७, आईतवार

दशैँका लागि तीन हजार खसी, बोका किन्दै खाद्य कम्पनी



काठमाडौं । यसपालीको दशैंका लागि काठमाडौं उपत्यकामा बिक्री गर्न सरकारी स्वमित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले च्याङ्ग्रा र खसी(बोका खरिद गर्न सुरु भएको छ ।


१४ सय च्याङ्ग्रा र १६ सय वटा खसी बोका खरिद गरेर घटस्थापनासम्म काठमाडौंल्याउने तयारी भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताए ।


दशैलाई ५ करोड ९९ लाख ८६ हजार रुपैयाँ बजेट च्यांग्रा र खसी(बोका आयात गर्ने छुट्याइएको उनले जानकारी दिईन ।


प्रतिक्रिया दिनुहोस्