शेयर बजार ५:१५ बजेसम्म खुल्ने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आईतबारको लागि शेयर कारोबारको लागि २ घण्टा समय थपेको छ ।
यसअघि, शेयर बजार खुलेको केही बेरमै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबार व्यवस्थापन प्रणालीमा केही प्राविधिक समस्या आएको भन्दै कारोबार स्थगित गरिएको थियो ।
अहिले उक्त समस्या समाधान भएकाले २ बजेर १५ मिनेटदेखि ५ बजेर १५ मिनेटसम्म कारोबार समय थपिएको हो ।