रसायनिक मल कालोबजारी गर्ने चार जनालाई जरिवाना

काठमाडौं । चितवनमा रसायनिक मलको कालोबजारी गर्ने चार जनालाई १० हजार रुपैँया जरिवाना गरेको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले रत्ननगर नगरपालिका–१ बकुलहरमा रहेको निर्मल बहुउद्देश्यीये सहकारीका चार जनाले कालोबगरजारी गरेको ठहर गरेको छ ।
कालोबजारी गर्ने ४ जनालाई सहकारीले कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को दफा ३ विपरीत कसुर गरेको ठहर स्थानीय प्रशासनले गरेको छ ।
प्रशासनले एक हजार ५० किलोग्राम र नखोलिएको ३० बोरा युरिया मल जफत गर्ने निर्णयसमेत गरेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।