सेयर बजारमा समस्या दोहोरिन नदिन अर्थले दियो यस्तो निर्देशन « Arthapath.com
२९ भाद्र २०७७, सोमबार

सेयर बजारमा समस्या दोहोरिन नदिन अर्थले दियो यस्तो निर्देशन



काठमाडौं । पटक पटक सेयर बजारमा समस्या आउन थालेपछि नेपाल धितोपत्र बोर्ड र नेप्सेका प्रमुखलाई अर्थ मन्त्रालयमा छलफलका लागि बोलाएको थियो । छलफलका क्रममा अर्थ मन्त्रालयले अनलाइन कारोबार व्यवस्थापन प्रणाली टीएमएसको समस्या समाधान गर्न नेपाल धितोपत्र बोर्ड र नेप्सेलाई समस्या हटाउन निर्देशन दिएको छ । तर टीएमएसमा समस्या देखिएको दावी गरेका थिए ।

छलफलमा मन्त्रालयबाट राजस्व सचिव रामशरण पुडासैनी र वित्तीय तथा संस्थान महाशाखा प्रमुख झक्क प्रसाद आचार्य, नेप्सेका सीईओ चन्द्रसिंह साउद र नेपाल धितोपत्र बोर्डबाट अध्यक्ष भीष्मराज ढुङ्गाना र कार्यकारी निर्देशक नीरज गिरी रहेका थिए ।

अनलाइन कारोबार प्रणालीमा बारम्बार समस्या आउँदा सेयर कारोबारमा समस्या आएको र बोर्डले नेप्सेलाई समस्या सममाधन गर्ने वारम्बार ताकेता गर्दा पनि समस्या समाधान नभएको बोर्डका अध्यक्ष ढुङ्गानाले बताएका छन् ।

बोर्डले अनलाइन कारोबार प्रणालीमा एकैपटक धेरैवटा फिचर्स थप गर्न निर्देशन दिँदा समस्या आएको भन्दै समस्याको जड बोर्ड भएको आरोप नेप्सेका सीईओ साउदको छ ।


प्रतिक्रिया दिनुहोस्