पुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा विशाल अग्रवाल, अरु ४ संचालक को–को ? « Arthapath.com
२९ भाद्र २०७७, सोमबार

पुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा विशाल अग्रवाल, अरु ४ संचालक को–को ?



काठमाडौं । पुडेन्सियल इन्स्योरेन्स कम्पनीको संचालक समिति बैठकले अध्यक्षमा विशाल अग्रवाल नियुक्त गरेको छ । संचालक समितिको बैठकले अग्रवाललाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको हो ।

कम्पनीको अन्य संचालकहरुमा अमित अग्रवाल, अर्पित अग्रवाल र विवेक विजुक्छेलाई चयन गरेको छ । भदौ २६ गते सम्पन्न कम्पनीको १८औं वार्षिक साधारण सभाले संस्थापक समूहको सञ्चालक पदमा विशाल अग्रवाल सहित चार जनालाई निर्वाचित गरेको हो ।


प्रतिक्रिया दिनुहोस्