शिवम् सिमेन्ट्सको सीईओमा भारतिय नागरिक सिन्हा नियुक्त

काठमाडौं । शिवम् सिमेन्ट्सको प्रमुख कार्यकारी अधिकृतमा देवेन्द्र सिन्हा नियुक्त भएका छन् । उनी भारतिय नागरिक हुन् । सञ्चालक समितिको निर्णय बमोजिम सिन्हालाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
उलाई नेपाल सरकार श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको समेत स्वीकृति प्राप्त भएको कम्पनीको सुचनामा उल्लेख गरिएको छ । सिन्हालाई आजदेखी नै गतेदेखिनै लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।
