बजार अनुगमन तिव्र, बानेश्वरको २ पसलबाट ४० बोरा प्याज बरामद « Arthapath.com
१ आश्विन २०७७, बिहीबार

बजार अनुगमन तिव्र, बानेश्वरको २ पसलबाट ४० बोरा प्याज बरामद



काठमाडौं । नेपालमा भारतले प्याज निर्यातमा प्रतिवन्ध लगाएपछि बजारमा कालोबजारी ह्वात्तै बढेको छ । तर कालोबजारी बढेसंगै अनुगमन पनि तिव्र पारेको छ ।

बिहीबार बहान नयाँबानेश्वरस्थित तरकारी बजारमा वाणिज्य बिभाग र काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिको संयुक्त अनुगमन टोलीले दुई वटा पसलमा लुकाएर राखेको प्याज बरामद गरेको छ ।

अनगमनको क्रममा दुई पसलबाट ४० बोरा प्याज लुकाएको अवस्थामा बरामद गरेको उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले जानकारी दिए । अव ती पसललाई कानुनी कारवाही गरिने उनको भनाई छ । अहिले दुईमध्ये एक पसलमा सील गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्