बजारमा अस्वस्थ प्रतिस्प्रर्धा बढ्यो, कायम भयो २१ सय रुपैयाँ खाना पकाउने ग्यासको मूल्य « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

बजारमा अस्वस्थ प्रतिस्प्रर्धा बढ्यो, कायम भयो २१ सय रुपैयाँ खाना पकाउने ग्यासको मूल्य



काठमाडौं । बजारमा अस्वस्थ प्रतिस्पर्धा बढेकोले तरलता कायम गर्न ग्यासको मूल्य घटेको छ । बजारमा ग्यास सिलिण्डरको मूल्यमा एकरुपता ल्याउनको लागि बिहिबार एलपि ग्यास उद्योग संघ बागमति समितिले प्रति सिलिण्डर २१ सय रुपैयाँ कायम गरेको हो ।

बजारमा कम्पनी पिच्छे फरक मुल्यमा ३ हजार रुपैयाँ देखि ४ हजार रुपैयाँसम्म बिक्री हुँदै आएकोमा केही कम्पनीले बजारमा चलेको भाउमा भन्दा अत्यन्तै सस्तो मुल्यमा समेत खाली सिलिण्डर बिक्री गरिरहेको छन् । यसको एकरुपता कायम गर्न संघले बागमति प्रदेश भित्रमात्र सो मुल्य निर्धारण गरेको हो ।

संघले उपभोक्तालाई २१ सय रुपैयाँ र कम्पनीले २ हजार रुपौयाँमा खाली सिलिण्डर खरिद गर्न पाउने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्