बिहीबार १२ सय ४६ जनामा कोरोना पुष्टि, निको हुनेको संख्या कति ? « Arthapath.com
६ असार २०८२, शुक्रबार

बिहीबार १२ सय ४६ जनामा कोरोना पुष्टि, निको हुनेको संख्या कति ?



काठमाडौं । नेपालमा थप १२४६ जना कोरोना संक्रमित थएिका छन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा १० हजार २ सय ४१ को स्वाव परिक्षणमा यी ब्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा १२४३ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । त्यस्तै बिहीबार ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको उनले बताए ।

यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ८३ पुगेको छ ।

४ वटा जिल्लाका ३ महिला र १ पुरुष गरी चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मोरङकी ६४ वर्षीया महिला, काठमाडौंका ८७ वर्षीय पुरुष, चितवनकी ३६ र कैलालीकी ५७ वर्षीया महिलाको मृत्यु भएको हो ।

योसँगै कूल संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ । देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या ४२ हजार ९ सय ४९ जना पुगेको छ ।

देशभर १६ हजार २ सय ४१ जना सक्रिय संक्रमित रहेको प्रवक्ता गौतमले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्