बाइकको सञ्चालन खर्चमा विद्युतीय कार चढ्नुहोस्, दिगो इ ८ को बुकिङ खुल्दै « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

बाइकको सञ्चालन खर्चमा विद्युतीय कार चढ्नुहोस्, दिगो इ ८ को बुकिङ खुल्दै



काठमाडौं । नेपालमा विद्युतीय बाहनको क्रमिक विकासतर्फ अर्को कदम अघि बढाउँदै दिगोले आफ्नो विद्युतीय सिटी कार दिगो इ ८ को बुकिङ सुरु गरेको छ ।

दिगोको बारेमा

दिगो नेपालको मोबिलिटी क्षेत्रलाई रुपान्तरण गर्ने भिजन बोकेको नयाँ ऊर्जा कम्पनी हो । यो कम्पनी यात्रा गर्ने अझ बढी जिम्मेवार विधि छ भन्नेमा विश्वास गर्दछ र यसैलाई चीरस्थायी बनाउन प्रतिबद्ध छ । दिगो पर्यामैत्री यातायाततर्फको परिवर्तनमा उत्प्रेरकको भूमिका खैल्दै अन्ततः वातावरणीय रुपमा दिगो नेपालको मार्ग प्रशस्त गर्ने काममा उत्प्रेरक बन्न चाहन्छ ।
‘उत्सर्जनशून्य’ भविष्यको लक्ष्य हासिल गर्न दिगोले विद्युतीय मोबिलिटीको पूर्ण इकोसिस्टम विकास गर्नुका साथै सिएटिएल, स्टार चार्ज, डिएफएसके, सिएचटिसी, जोयलङ जस्ता यस क्षेत्रका नेतृत्वदायी कम्पनीहरुसँग सहकार्य गरिरहेको छ । यो प्रतिबद्धता पूरा गर्न कम्पनीले बिक्रीपछिको विश्वस्तरीये सेवाको सुनिश्चित गरेको छ ।

दिगो इ ८ बारे

दिगो इ८ मा आधुनिक र ताजा डिजाइन देखिन्छ, जसले तत्काल ध्यान आकर्षित गराउनुका साथै दीर्घकालीन प्रभाव छाड्छ । यो वातावरणमैत्री नेपाली ग्राहकका लागि आधुनिक, नयाँपनको प्रयोगमा अग्रणी र नवोदित कार हो । दिगो इ८ नविन डिजाइन र उन्नत प्रविधिको मिश्रण हो, जसले कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान गर्छ ।

बाहिरी भाग

नयाँपन प्रयोगमा अग्रणी र आधुनिक डिजाइनको दिगो इ८ निकै चित्ताकर्षक छ । इ८ मा रातिको समयमा उत्तम खालको प्रकाश दिने ठूला हेडल्याम्प र दिउँसोको लागि शानदार एलइडी ल्याम्प छन् । शानदार डुअल–टोन डाइमन्ड कल अलो ह्विल र बडी प्यानलको फुर्तिलो क्रिजले गाडीलाई आफ्नो सेग्मेन्टमा अग्रणी, स्पोर्टी र आधुनिक स्वरुप दिएको छ । अग्लो ढक्कन (बोन्नेट) ले इ८ लाई अझ साहसी मुद्रा प्रदान गर्नुका साथै ड्राइभिङमा भरोसा प्रदान गर्दछ । इ८ को अगाडिपट्टि कठिन मौसमी अवस्थामा पनि स्पष्ट प्रकाश दिने फगल्याम्प छन् । यो फिचर यस सेग्मेन्टका कारमा पहिलोपटक आएको हो । अगाडिको बम्परले दुवैतिर फराकिलो सेन्टर एयर–ड्याम र एयर डक्टसको भल्को दिन्छ, जसले गाडीलाई चौडा रुप दिएको छ । पछाडिपट्टि मजबुत बम्पर र एलइडी टेललाइट छन् ।

भित्री भाग

आधुनिक, कुशल र मनोहर बनावटले इ८ भित्र पस्दा ‘वाह ! भन्नुपर्ने बनाउँछ । ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट युनिटसहितको पूर्ण नियन्त्रण व्यवस्था बुझ्न र प्रयोग गर्न सजिला छन् । यसको डिजिटल इन्स्ट्रूमेन्ट क्लस्टर, परिष्कृत स्पर्श अनुभूति र प्रिमियम उपकरणको प्रयोगले भविष्यको प्रिमियम वातावरणमा रहेको अनुभूति दिलाउँछ । स्पोर्ट र इको ड्राइभ मोडमा बदल्न मिल्ने अप्सन र अटोमेटिक ट्रान्समिसनले ड्राइभिङ अनुभवलाई सहज र आनन्दित बनाउँछ । सहरी यात्राका लागि यसको स्वचालित गेयर पर्याप्त छ । यसमा न त गेयर बदलिरहनुपर्ने झन्झट छ न कम गतिमा कार अड्किने सम्भावना नै ।

पोर्सबाट प्रेरित अटोमेटिक ट्रान्समिसन गेयर लिभरले इ८ को भित्री परिवेशलाई अझ मोहक बनाएको छ । यसको रेयर क्यामेराले पछाडिको नदेखिने भाग (ब्लाइन्ड स्पट) लाई कम गराउँदै गाडी ब्याक गर्दा ठोक्किने सम्भावना न्यून बनाएको छ ।

चेप्टो स्टेरिङ ह्विल र आरामदायी लेगरुम÷हेडरुमले प्रवेश र गमनलाई आरामदायी बनाउँछ । यसमा कुशलतापूर्वक डिजाइन गरिएको १८ स्टोरेज स्पेस छ, जुन यात्राका क्रममा तपाईंका सरसामान तथा अति आवश्यक वस्तु राख्न पर्याप्त हुन्छ ।

पावर विन्डो, पावर स्टेरिङ, एडजस्टेबल हेडरेस्ट, सेफ्टी बेल्ट, एयर कन्डिसनिङ, युएसबी चार्जर, सिग्रेट लाइट, साइड इन्डिकेटरसहितको इलेक्ट्रिक ओआरभिएम त यसमा नहुने कुरै भएन । समग्रमा यसको भित्री भाग निकै व्यवहारिक छ, जसले यसका निकै महँगा प्रतिस्पर्धी गाडीमा रहेका सबै फिचरहरु समेटेको छ ।

प्रविधि र कार्यसम्पादन

1. दिगो इ८ को १५.२ किलोवाट आवर लिथियम आइरन फस्फेट ब्याट्रीले फुल चार्जमा नर्मल अपरेटिङ कन्डिसनमा १५० किलोमिटर माइलेज दिन्छ (एनइडिसी २०० किलोमिटर) ।

2. दिगो इ८ मा थ्री फेज एसिंक्रोनस मोटर छ जसले प्रभावशाली १८० एनएम टर्क र उच्चतम १५किलोवाट पावर उत्पादन गर्छ ।

3. यो कार ३ किलोवाटको चार्जरका साथ आउँछ र जसलाई घर वा कार्यालयमा सजिलै चार्ज गर्न सकिन्छ ।

4. दिगो इ८ को ‘हिल असिस्ट फिचरले ओरालो बाटोमा गाडीलाई पछि हट्नबाट रोक्छ ।

5. दिगो इ८ ले ब्रेकिङका बेला उत्पन्न हुने काइनेटिक इनर्जीलाई इलेक्ट्रिकल पोटेन्सियल इनर्जीमा बदल्दै प्रतिचार्ज माइलेज बढाउन रिजेनेरेटिभ (पुनरुत्पादक) ब्रेकिङ प्रणाली उपयोग गरेको छ ।

6. सामान्य ड्राइभिङ कन्डिसनमा दिगो इ८ लाई एक किलोमिटर गुडाउँदा १ रुपैयाँ ११ पैसा८ मात्रै बिजुली खर्च हुन्छ ।

दिगो इ८ को बुकिङ खुला गर्न आयोजित कार्यक्रममा बोल्दै दिगोका सिइओ हेमन्त पुरानिकले भन्नुभयो, ‘आज हामीले नेपालको अटो उद्योगमा नयाँ अध्याय लेख्न सुरु गरेका छौं । दिगो इ८ को लक्ष्य यात्राको लागि आरामदायी तर मोटरसाइकलको भन्दा कम सञ्चालन खर्चमा गुड्ने कार दिँदै नेपालको अटो उद्योगको नियमलाई पुनः परिभाषित र पुनस्र्थापित गर्नु हो ।

कार्यक्रममा उहाँ अगाडि थप्नुहुन्छ, ‘कुशल, हरियो र दिगो मोबिलिटी सलुसन्सको भविष्यलाई यथार्थमा बदल्नु आवश्यक छ र हामी अर्को विद्युतीय कार दिगो इ८ को बुकिङ खुला गर्दै त्यसतर्फ एक कदम अघि बढाउन पाउँदा निकै खुसी छौं । हामी इमानदारीपूर्वक के ठान्दछौं भने यदि कोही नयाँ कारको खोजीमा हुनुहुन्छ र विद्युतीय कारको फाइदा लिँदै स्वदेशमै उत्पादित जलविद्युत्को प्रयोग बढाएर राष्ट्रलाई मद्दत गर्न चाहनुहुन्छ भने उहाँहरुले दिगो इ ८ खरिद गर्ने सोच राख्न सक्नुहुन्छ ।

विद्युतीय सवारी साधनको आयात गर्दा लाग्ने महसुल र करहरु ह्वात्तै बढे पनि दिगोले इ८ आकर्षक मूल्यमा सार्वजनिक गरेको छ । यो नेपालमा आजको मितिको सबैभन्दा प्रतिस्पर्धी मूल्यको विद्युतीय ह्याचब्याक हो ।


प्रतिक्रिया दिनुहोस्