आवश्यता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिन्छ :ओली « Arthapath.com
६ असार २०८२, शुक्रबार

आवश्यता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिन्छ :ओली



काठमाण्डौ । औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ ।

‘अ ट्रिटिज अन दि कन्स्टिच्युशन अफ नेपाल २०१५’ नामक पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले स्थिरता र स्थायित्वका नाममा संविधान संशोधन नरोकिने बताए । व्यावहारिक रुपमा संविधान अपूर्ण रहेको देखिएमा संविधानको संशोधन गर्न सकिने उनले बताएका छन ,
नागरिकको आवश्यकता र समयको मागअनुसार परिवर्तनको गतिलाई अगाडि बढाउन पनि संविधान संशोधन आवश्यक पर्न सक्ने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

‘केही केही व्यवहारका क्रममा भोलि गएर अपूर्णता पनि देखिएला । जनताको आवश्यकतालाई समयको मागअनुसार परिवर्तनको गतिलाई अगाडि बढाउनका लागि न्याय, समानता वा विकासलाई यथोचित ढङ्गले परिमार्जन गर्न संविधान संशोधन हुन आवश्यक पर्न सक्छ । त्यस्तो र्पयो भने संविधान संशोधन हुन्छ । यो अपरिवर्तनशील र असंशोधनीय चिज होइन । स्थिरता र स्थायित्वका नाममा अपरिवर्तनशील विषय होइन ।’ उहाँले विमोचन कार्यक्रममा भनेका छन । त्यस्तै ओलीलेआवश्यक देखिएमा संविधान संशोधनका लागि सबै तयार रहुनुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्