लिवर्टी ईनर्जी कम्पनीको शेयर नेप्सेमा सूचिकृत « Arthapath.com
२ आश्विन २०७७, शुक्रबार

लिवर्टी ईनर्जी कम्पनीको शेयर नेप्सेमा सूचिकृत



काठमाडौं । लिवर्टी इनर्जी कम्पनीले आयोजना प्रभावित स्थानीयबासी तथा सर्वसाधारणमा प्रारम्भिक निष्काशनमार्फत जारी गरी बाँडफाँड गरेको तथा संस्थापकहरुले लगानी गरेको समेत गरी रु. १०० अंकित दरका जम्मा १ करोड ५० लाख कित्ता साधारण शेयर नेपाल स्टक एक्सचेञ्ज लि. (नेप्से) मा सुचिकृत भएको छ ।

उक्त सुचिकरण सम्बन्धि समझदारी पत्रमामिति २०७७ असोज २ गतेका दिन लिवर्टी इनर्जी कम्पनीकातर्फबाट प्रबन्ध संचालक डा. आत्माराम घिमिरे तथा नेप्सेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गर्नुभयो ।

यस कम्पनीले शेयर सम्बन्धि कारोबारको अभिलेख राख्ने, दाखिलखारेज, नामसारी, रोक्का राख्ने लगायत शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि प्रभु क्यापिटल लिमिटेड, कमलादीलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

यस कम्पनीद्धारा निर्माणाधीन लमजुङ जिल्ला स्थित २५ मे.वा. क्षमताकोमाथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजना हाल निर्माणको अन्तिम चरणमा रहेको छ र कम्पनीद्धारा सर्वेक्षण अनुमतिपत्र प्राप्त थप २ वटा जलविद्युत आयोजनाहरु समेत सर्वेक्षणको क्रममा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्