कारोबार सुरु नहुँदै नेप्से २३ अङ्कले बढ्यो « Arthapath.com
६ असार २०८२, शुक्रबार

कारोबार सुरु नहुँदै नेप्से २३ अङ्कले बढ्यो



काठमाडौँ । कारोबार सुरु नहुँदै नेपाल स्टक एक्सचेञ्ज परिसूचक नेप्से २३ अङ्कले बढेको छ ।

प्रिओपनिङ सेसनमा हुने कारोबारको नाममा बजार परिसूचक एकैपटक २३ अङ्कले बढेर १ हजार ५ सय ९५ अङ्कबाट कारोबार सुरु भएको हो ।

बिहीबार बजार बन्द हुँदा बजार १ हजार ५ सय ७२ अङ्कमा रोकिएको थियो । दुई दिन बजार बन्द भएपछि आइतबार खुलेको बजारमा परिसूचक एकैपटक १ हजार ९ सय ९५ बाट सुरु भएको हो ।


प्रतिक्रिया दिनुहोस्