सुरक्षित भएर सवारी लाइसेन्स लिन आग्रह, ५ लाख लाइसेन्स तयार « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

सुरक्षित भएर सवारी लाइसेन्स लिन आग्रह, ५ लाख लाइसेन्स तयार



काठमाडौं । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि लगाईएको लकडाउनका कारण पूर्ण रुपमा बन्द रहको समयपछि सवारी चालक अनुमति पत्र स्मार्ट (लाइसेन्स) वितरण शुरु भएको छ । हाल काठमाडौंको ठूलो भर्याङ स्थित कार्यालयले सूचना निकालेर लाइसेन्स वितरण शुरु गरिसकेको जानकारी दिएको हो ।

लाइसेन्सका लागि प्रिन्ट भए नभएको यकिन गरेर लिन आउन भनेको छ । लाइसेन्स वितरण बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै हुने कार्यालयले जनाएको छ । तर, अन्य यातायात व्यवस्था कार्यालयमा भने सवारी चालक अनुमतिपत्र वितरण शुरु गरेका छैनन् ।

महामारीको समयमा सामाजिक दुरी कायम गर्ने, भीडभाड कम गर्ने जस्ता सबैमा कार्यालयले आफै व्यवस्थापन गर्नुपर्ने छ । केहि दिनमा सबै कार्यालय सञ्चालनमा आउने र हाल प्रिन्ट भएको ५ लाख लाइसेन्स तयारी अवस्थामा रेहको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्