मेरो शेयरमा पीन कोडको व्यवस्था « Arthapath.com
४ आश्विन २०७७, आईतवार

मेरो शेयरमा पीन कोडको व्यवस्था



काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्गले मेरो शेयरमा पीन कोडको प्रयोग गर्न मिल्ने व्यवस्था गरेको छ । सिडिएससीले मेरो शेयरमा ४ अंकको पीन प्रयोग गर्न सकिने व्यवस्था गरेको हो ।

सिडिएससीले मेरो शेयरलाई थप सुरक्षित बनाउन सफ्टवयरमा रहेको माइ आश्वमा मार्फत सार्वजनिक निष्काशन भएका धितोपत्रको खरिद आवेदन प्रविष्ट गर्दा हाल प्रयोग गर्नुपर्ने ओटिपी लाई प्रतिस्थापन गरी उक्त पीनको व्यवस्था गरेको हो ।

४ अंकको पीन सेट गर्नको लागि मेरो शेयर प्रयोग कर्तालाई मेरो शेयरमा पहिलो पटक लगइन गर्दा अनिवर्या पीन कोड सेट गर्नुपर्ने व्यवस्था गरेको छ ।


प्रतिक्रिया दिनुहोस्