एकै दिन कोरोनाले १६ जनाको ज्यान लियो, नेपालमा सर्वाधिक मृत्यु

काठमाडौं । नेपालमा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमित मृतकको संख्या ४ सय २७ पुगेको छ ।
११ वटा जिल्लाका ३ महिला र १३ पुरुष गरी १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । झापामा ७२, सुनसरीमा ४९, पर्सामा ८८, भक्तपुरमा ८४ र ६२, काठमाडौंमा ५८ र ७३ वर्षीय पुरुषको मृत्यु भएको छ ।
यस्तै, मकवानपुरमा १७ वर्षीया महिला र ६८ वर्षीय पुरुष, ललितपुरमा ५८ वर्षीया महिला र ६१ वर्षीय पुरुष, चितवनमा ५५ वर्षीय पुरुष, दोलखामा ५२ वर्षीया महिला, रुपन्देहीमा ६७, बाँकेमा ५० र ५९ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यसअघि सोमबार १० जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ७ प्रतिशत छ ।
त्यस्तै थप ११ सय ५४ जना कोरोना संक्रमित भेटिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या संक्रमितको संख्या ६५ हजार २७६ पुगेको स्वासथ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै नेपालमा १७ हजार ६११ जना सक्रिय कोरोना संक्रमित रहेका छन् भने ८ हजार ६९० जना होम आइसोलेसनमा रहेको उनले बताए ।
त्यस्तै १ हजार ५ जना निको भएका प्रवक्ता प्रा.डा गौतमले बताए । योसंगै ४७ हजार २३८ जना निको भएका छन् ।
कोरोना संक्रमित १ हजार ५ जना निको हुँदा ११५४ थपिए, उपत्यका ६७४ थपिए
त्यस्तै सोमबार काठमाडौं उपत्यकाा ६७४ कोरोना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा संक्रमितको संख्या १७ हजार २ सय ९० पुगेको छ ।
काठमाडौंमा ५३८, ललितपुरमा ६२ र भक्तपुरमा ७४ जना संक्रमित थएिको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै काठमाडौंमा १४ हजार १५४, ललितपुरमा १ हजार ६१० र भक्तपुरमा १ हजार ५२६ संक्रमित पुगेका छन् ।