शिखर इन्स्योरेन्सका सेयरधनीको हात खाली, लाभांस नबाँढी जगेडा कोषमा राखिने « Arthapath.com
६ आश्विन २०७७, मंगलवार

शिखर इन्स्योरेन्सका सेयरधनीको हात खाली, लाभांस नबाँढी जगेडा कोषमा राखिने



काठमाडौं । शिखर इन्स्योरेन्सका लगानीकर्तालाई यसवर्ष खाली हात हुने भएको छ । शिखरले आर्थिक वर्ष २०७५÷७६ को कमाईबाट शेयरधनीहरुलाई लाभांश नबाँड्ने र जगेडा कोषमा राख्ने निर्णय भएको जनाएको छ । इन्स्योरेन्सको असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई नगद वा बोनस लाभांश वितरण नगरी उक्त रकम जगेडा कोषमा राख्ने निर्णय गरेको छ ।

इन्स्योरेन्स सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को लाभांस नदिने निर्णय गरेको हो । कम्पनीको वित्तीय विवरण एनएफआरएस बमोजिम पारित गरी बीमा समितिको स्वीकृतिको लागि पेश गर्ने निर्णय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा ४७ करोड २९ लाख नाफा कमाएको थियो । अघिलो आवमा कम्पनीले ४५ करोड १ लाख नाफा कमाएको थियो । कम्पनीले २ आवको साधारणसभा छिट्टै गर्ने पनि जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्