क्रमिक ओरालो लाग्दै सुनचाँदीको मूल्य, बुधबार तोलामा १२ सयले घट्यो « Arthapath.com
७ आश्विन २०७७, बुधबार

क्रमिक ओरालो लाग्दै सुनचाँदीको मूल्य, बुधबार तोलामा १२ सयले घट्यो



काठमाडौं । सुनचाँदीको मूल्यमा गिरावट आउन थालेको छ । लाखभन्दा बढि मूल्य कायम गरेको सुनको मूल्यमा ओरालो लागेको छ । बुधबार तोलामा १२ सय रुपैयाँले सुनको मूल्यमा गिरावट आएको छ । मंगलबार तोलामा १७ सय रुपैयाँले घटेको थियो ।

बुधबार छापावाला सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै बुधबार चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला एक हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुनको मूल्यमा भारी गिरावट आएर १७ सयले घटेको थियो । सुनको मुल्यमा अझै गिरावट आउने विश्लेशकहरुले बताएका छन । सोमबार ९७ हजार २ सयमा कारोवार भएको तेजावी सुन मंगलबार भने प्रतितोला ९५ हजार ५५० रुपैयाँ कायम भएको थियो ।

मंगलबार चाँदीको मूल्य तोलामा ९० रुपैयाँले घटेको थियो । अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्य उच्च दरले बढेसँगै सुनको मूल्य घटेको बताइएको छ । त्यसैको प्रभाव नेपाल सुनचाँदी बजारमा पनि परेको हो । अन्तर्राष्ट्रिय बजार अनुसार नेपालमा पनि सुनचाँदीको मूल्य निर्धारण हुने गर्दछ ।


प्रतिक्रिया दिनुहोस्