भूमिगत बिजुलीको तार पड्कियो, महाराजगन्ज र टोखा क्षेत्रमा विद्युत् अवरुद्ध

काठमाडौं । महाराजगञ्ज र टोखा क्षेत्रका लागि भूमिगत गरिएको बिजुलीको तार पड्कीएको छ । तार पड्किएपछि उक्त क्षेत्रमा केहि समय विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।
टोखास्थित ग्रान्डी अस्पतालको अगाडि अन्डरग्राउन्ड गरिएको तार प्राविधिक समस्याका कारण पड्कँदा करिब ६ घण्टा उक्त क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले टोखा महारागन्ज क्षेत्रमा भएको विद्युत आपूर्ति बन्द लोडसेडिङ नभई प्राविधिक समस्या भएको जानकारी दिए । राति ११ बजे नै मर्मत गरी बिहान ७ बजे नै सबै क्षेत्रमा विद्युत सेवा शुरु गरिएको हो ।