कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाण्डौ । कीर्तिमानी आरोही आङरिता शेर्पाको बुधबार काठमाण्डौमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
विना अक्सिजन १० पटकसम्म सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राख्नुभएका उनकोे शेर्पा समुदायको विधिअनुसार अन्त्येष्टि गरिएको छ ।
उनको सोमबार काठमाण्डौको जोरपाटीमा रहेको आफ्नै निवास निधन भएको थियो ।
उनले सन १९८३ देखि सगरमाथाको आरोहण सुरु गर्नुभएको छ । शेर्पाले अन्तिम पटक सन १९९६ मा विना अक्सिजन सगरमाथामा पाइला टेक्नुभएको थियो ।
उनको अन्त्येष्टि कार्यक्रममा विभिन्न नेता तथा उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो ।
उनले दुई दशकअघि कलेजोसम्बन्धी रोगबाट पीडित भएपछि पर्वतारोहण त्याग्नुभएको थियो ।