सेयर बजारमा कारोबार घटेपनि ९ अंकको सुधार « Arthapath.com
७ आश्विन २०७७, बुधबार

सेयर बजारमा कारोबार घटेपनि ९ अंकको सुधार



काठमाडौं । बुधबार सेयर बजारमा ९ अंकले सुधार आएको छ । तर ९ अंकले बढेको भएपनि कारोबार भने घटेको छ ।

मंगलाबर २२ अंकले घटेको नेप्से बुधबार भने ९.३७ अंकले बढेको हो । त्यस्तै बुधबार नेप्सेमा १ अर्ब ७२ करोड रुपैयाँको कारोबार भएको छ । बुधबार होटल समूहबाहेक सबै समूहमा सुधार आउँदा आज नेप्से परिसूचक बजार १५५५ अंकमा पुगेर बन्द भएको हो ।

बुधबार ५८ लाख ६२ हजार कित्ता सेयर किनबेच भएको छ । मंगलबार २२ अंकले घटेको नेप्सेमा २ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । आज होटल समूह २३.६४ अंकले घटेको छ । यसबाहेक सबैसमूहमा सुधार देखिएको छ । आज सबैभन्दा बढी जीवन बीमा समूह ९४ अंक तथा निर्जीवन बीमा समूह ७४ अंकले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्