कोभिडले रोकिएका परीक्षा छठलगत्तै गर्ने त्रिविको तयारी

काठमाडौँ । कोरोना भाइरस कोभिड १९ का कारण रोकिएका परिक्षा सञ्चालनको तयारी त्रिविले गरेको छ ।
छठ लगतै रोकिएको परिक्षा सञ्चालन गर्ने मंगलबार बसेको त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको बैठकले निर्णय गरेको छ ।
त्रिविले विद्यार्थीलाई पायकपर्ने ठाउँबाट नै परीक्षा दिने वैकल्पिक व्यवस्थासहित छठलगत्तै परीक्षाको तयारी थाल्न निर्देशन दिइएको परीक्षा नियन्त्रण कार्यालय पनिकाका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।
त्रिविले कोभिड–१९ का कारणले सबै रोकिएका परीक्षा छठलगत्तै गर्ने गरी दशैँ अगाडि नै परीक्षाको कार्यतालिका सार्वजनिक गर्न सम्बन्धित डिन कार्यालयलाई पत्रचारसमेत गरिसकेको छ । त्रिविले विद्यार्थी थोरै भएका परीक्षा भने दशैँ र तिहारको बीचमा गर्नेसक्ने जनाएको छ ।
अहिलेको भन्दा जटिल अवस्था नभएमा अब छठ पछि सबै परिक्षा हुने उनले बताएका छन । त्रिविले भौतिक दूरी र स्वास्थ्यको मापदण्ड तोकेर परीक्षा लिने व्यवस्था गरेको छ ।