नेपालमै देउराली जनताले सुरु गर्यो कोरोनाको उपचारमा प्रयोग हुने औषधि, छिट्टै सर्वसाधारणमा पुग्ने « Arthapath.com
७ आश्विन २०७७, बुधबार

नेपालमै देउराली जनताले सुरु गर्यो कोरोनाको उपचारमा प्रयोग हुने औषधि, छिट्टै सर्वसाधारणमा पुग्ने



काठमाडौं । देउराली जनता फर्मास्यूटिकल्सले कोभिड–१९को बिरामीको उपचारमा प्रयोग हुने औषधी उत्पादन सुरु गरेको छ । कोरोनाको उपचारमा रहेका बिरामी उपचारमा प्रयोग हुने औषधि फाभर–२०० ट्याब उत्पादन गर्न देउराली जनता फर्मास्यूटिकल्सले सुरु गरेको छ ।

नेपालमा औषधी उत्पादनमा अगाडी रहेको देउराली जनता फर्मास्यूटिकल्सको प्रवन्ध निर्देशकमा सिएनआईका पुर्व अध्यक्ष हरिभक्त शर्मा रहेका छन । सरकारले कोरोनाको उपचारमा प्रयोग हुने फाभर–२०० ट्याब उत्पादनको अनुमती सो कम्पनीलाई दिएको हो ।

कम्पनीले बुधबार विज्ञप्ति जारी गर्दै कोभिड–१९को औषधी उत्पादन सुरु गरेको जनाएको छ । स्वास्थ्य मन्त्रालय अन्र्तगत औषधि व्यवस्था विभागले सो औषधी उत्पादनको अनुमती दिएको हो । सो कम्पनीले सरकारबाट हिजो मंगलबार अनुमति पाएको हो ।

नेपालमा नै पहिलो पटक फाभिर–२०० ट्याब औषधि उत्पादन सुरु भएको छ । कोभिड–१९ का बिरामीहरूले उपचार र प्रयोगको लागि चिकित्सकको सिफारिस र निगरानीमा मात्र अनुसन्धानार्थ सो औषधि उपलब्ध हुने गरी औषधि व्यवस्था विभागबाट स्वीकृति प्राप्त भएको कम्पनीले जनाएको छ ।

स्वदेशमै उत्पादित फाभिर–२०० ट्याब नामक औषधिलाई नेपाली जनताले चाँडैनै उपभोग गर्न पाउने प्रवन्ध निर्देशक शर्माले बताए । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट माग वा निर्देशन भएमा कोभिड–१९ का बिरामीहरुको उपचारका लागि आवश्यक मात्रामा तुरुन्तै उपलब्ध गराउने तयारी कम्पनीले गरेको छ ।


प्रतिक्रिया दिनुहोस्