अनधिकृत रुपमा सेयर कारोवार गर्ने श्रेष्ठलाई ७५ हजार, ब्रोकरलाई डेढ लाख जरिवाना, १० वर्ष संचालक बन्न नपाउने « Arthapath.com
७ आश्विन २०७७, बुधबार

अनधिकृत रुपमा सेयर कारोवार गर्ने श्रेष्ठलाई ७५ हजार, ब्रोकरलाई डेढ लाख जरिवाना, १० वर्ष संचालक बन्न नपाउने



काठमाडौं । अनाधिकृत सेयर कारोवार गरेको भन्दै हिमालयन डिस्टिलरीको पूर्व सञ्चालक रहिता श्रेष्ठलाई नेपाल धितोपत्र बोर्डले कार्रवाही गरेको छ । श्रेष्ठलाई बोर्डले डेढ लाख जरिवानासहित १० वर्ष संचालक बन्न रोक लगाएको छ ।

अनाधिकृत सेयर कारोवारी श्रेष्ठलाई नगद जरिवना सहित कार्रवाही गरेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । अनाधिकृत कारोवार गर्ने ब्रोकर कम्पनीलाई जरिवाना तिराएको छ । नेपाल धितोपत्र बोर्डले हिमालयन डिष्टिलरीकी पूर्व सञ्चालक रहिसा श्रेष्ठलाई व्ष्क्तिगत ७५ हजार जरिवाना गरेको धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानाले जानकारी दिए ।

अनधिकृत रुपमा सेयर कारोबार गरेकाले श्रेष्ठलाई ७५ हजार र कम्पनीलाई डेढ लाख जरिवाना तिराईएको बोर्डले जनाएको छ । श्रेष्ठलाई आगामी १० वर्षसम्म कुनै पनि सूचिकृत संस्थाको सञ्चालक बन्न रोक लगाईएको छ ।

त्यस्तै, गलत ढंगले सेयर कारोबार गर्ने श्री इन्भेष्टमेन्ट प्राली नामको ब्रोकर कम्पनीलाई पनि १ लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०८ बमोजिम कारवाही गरिएको हो ।

प्रेस विज्ञप्ती
कारवाही सम्बन्धमा ।
सूचिकृत संगठित संस्था हिमालयन डिष्टिलरी लि.को पूर्व संचालक श्री रहिशा शाह श्रेष्ठले सूचिकृत संगठित संस्थाको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ को दफा १४ को उपदफा (६) को व्यवस्था विपरीत संचालक पदबाट हटेको एक वर्ष नपुग्दै विभिन्न मितिमा हिमालयन डिष्टिलरी लि।को शेयर बिक्री गरेको तथा उक्त शेयर कारोवारमा संलग्न धितोपत्र दलाल व्यवसायी श्री इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल प्रा.लि.ले रहिशा शाह श्रेष्ठको बारेमा धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम २९ को उपनियम (१) को व्यवस्था बमोजिमको पूर्ण विवरण सहितको अभिलेख नराखेको तथा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशन, २०७६ को दफा ६ को उपदफा (२) तथा दफा १० बमोजिम ग्राहक पहिचान लगायत अन्य आवश्यक जानकारी अद्यावधिक राख्नुपर्नेमा सो को पूर्ण रुपमा पालना नगरेको तथा प्रणालीमा बिक्री आदेश प्रबिष्ट गर्नु अघि उक्त कारोवार धितोपत्र सम्बन्धी ऐन, नियम, विनियम तथा निर्देशन बमोजिम गर्न मिल्ने नमिल्ने सम्बन्धमा आवश्यक सावधानी अपनाएको नदेखिएको सन्दर्भमा बोर्डले आवश्यक छानविन गरी देहायको कारवाही गर्ने निर्णय गरेको छ ।
(१) धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (७) मा धितोपत्र सम्बन्धी ऐन वा ऐन अन्तर्गत बनेको नियम वा विनियम वा सो अन्तर्गत जारी गरिएका कुनै आदेश वा निर्देशन वा बोर्डले तोकिदिएका शर्तहरुको उल्लंघन गरेमा वा आफूले गर्नुपर्ने काम नगरेमा वा गर्न नहुने काम गरेमा त्यस्तो व्यक्तिलाई बोर्डले पचास हजार देखि पचहत्तर हजार रुपैयाँसम्म जरिवान गर्न सक्ने व्यवस्था भएकोमा श्री रहिसा शाह श्रेष्ठलाई पचहत्तर हजार रुपैयाँ जरिवाना गर्ने ।
(२) धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (६) मा कसैले धितोपत्र सम्बन्धी ऐन वा ऐन अन्तर्गत बनेको नियम वा विनियम बमोजिम पु¥याउनु पर्ने रीत नपु¥याई धितोपत्र निष्काशन गरेमा, धितोपत्र बजार वा धितोपत्र व्यवसायीको हैसियतले धितोपत्र कारोवार संचालन गरे गराएमा त्यस्तो काम गर्ने गराउने व्यक्तिलाई बोर्डले पचास हजार रुपैयाँदेखि एक लाख पचास हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था भएकोमा धितोपत्र दलाल व्यवसायी श्री इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल प्रा।लि।लाई एक लाख पचास हजार रुपैयाँ जरिवाना गर्ने ।
सूचिकृत संगठित संस्थाको संचालकलाई गरिएको यो पहिलो कारवाही रहेको छ । बोर्डले धितोपत्र सम्बन्धी कानूनको प्रबलीकरणलाई सशक्त बनाउँदै लैजाने क्रममा गरिएका यस्ता कारबाहीबाट धितोपत्र सम्बन्धी कसूरहरुको न्यूनीकरण भई दोस्रो बजार कारोवार थप स्वच्छ र पारदर्शी हुने र बजारका सम्बद्ध पक्षहरुले ऐन नियमको पालनातर्फ थप सजगता अपनाउने बोर्डको अपेक्षा रहेकोे छ ।

(निरज गिरी)
प्रवक्ता
मितिः २०७७।०६।०७


प्रतिक्रिया दिनुहोस्