राष्ट्र बैंकले ब्याज करिडोर सक्रिय बनाउने, ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने « Arthapath.com
८ आश्विन २०७७, बिहीबार

राष्ट्र बैंकले ब्याज करिडोर सक्रिय बनाउने, ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने



काठमाडौं । ब्याज दर करिडोरलाई नेपाल राष्ट्र बैंकले सक्रिय बनाउने तयारी गरिरहेको छ । केनिद्रय बैंकले २८ दिनका लागि बैंक तथा वित्तीय संस्थासँग निक्षेप किन्ने तयारी थालेको हो । यो चालु आव शुरु भएपछि पहिलोपटक निक्षेप संकलन उपकरण औजार प्रयोगमा ल्याएको हो ।

राष्ट्र बैंकले असोज ८ गते ३० अर्ब रुपैयाँ निक्षेप संकलन जम्मा गर्ने भएको हो । हाल बजारमा २०० अर्बभन्दा बढी तरलता रहेको छ । ३० अर्बको बोलकबोलमा घटीमा १ करोड र बढीमा ३० अर्ब नै उठाउन पनि पाइन्छ । ब्याज दर बोलकबोलबाट निर्धारण गरि सबैभन्दा थोरै ब्याज लिन्छु भन्नेको निक्षेप राष्ट्र बैंकले किन्ने छ ।


प्रतिक्रिया दिनुहोस्