बर्षाका कारण ५० लाख युनिट विद्युत माग घट्यो, प्राधिकरणलाई दैनिक ५ करोड घाटा « Arthapath.com
८ आश्विन २०७७, बिहीबार

बर्षाका कारण ५० लाख युनिट विद्युत माग घट्यो, प्राधिकरणलाई दैनिक ५ करोड घाटा



काठमाडौं । भारी वर्षाका कारण विद्युत माग घटेको छ । लगातारको वर्षाका कारण एकै दिनमा ३३ लाख युनिट विद्युत माग घटेको छ । 

लगातारको वर्षाका कारण देशभरिमा आइतबार २७ हजार मेगावाटमा सीमित भएको छ । सोमबारदेखि परेको वर्षाले माग घटेर २६ हजार मेगावाट आवर, मंगलबार २५ हजार मेगावाट आवर र बुधबार २२ हजार मेगावाट आवरमा सीमित भएको प्राधिकरणले जनाएको छ । 

नेपाल विद्युत प्राधिकरणका अनुसार दैनिक १० लाख युनिट बराबरीमा विद्युत माग घटेको छ । हिजो बुधबार ३३ लाख युनिट विद्युत माग घटेको जनाएको छ । 


बर्षा शुरु हुनुभन्दा अगाडिको दिनको तुलनामा दैनिक विद्युत मागमा ५० लाख युनिटले कमी आएको प्राधिकरणले जनाएको छ । यसरी विद्युत माग घट्दा दैनिक ५ करोड आम्दानी घटेको प्राधिकरणले बताएको छ । त्यस्तै निरन्तर परिरहेको वर्षाले आएको बाढी पहिरोले केही स्थानमा विद्युत सेवा अवरुद्ध भएको प्राधिकरणले जनाएको छ । यस्तै अवस्था रहिरहने हो विद्युत माग अझै घट्ने जनाईएको छ । 


प्रतिक्रिया दिनुहोस्