प्रभु इन्स्योरेन्सको सञ्चालकमा पाण्डे « Arthapath.com
१३ आश्विन २०७७, मंगलवार

प्रभु इन्स्योरेन्सको सञ्चालकमा पाण्डे



काठमाडौं । प्रभु इन्स्योरेन्सको संचालकमा रेनुप्रसाद पाण्डे चयन भएका छन । प्रभु बैंकको चिफ विजनेश अफिसर रहेका पाण्डे प्रभु बैंकको तर्फबाट प्रभु इन्स्योरेन्सको संचालक भएका छन ।

प्रभु बैंकको बागमती प्रदेश बी का प्रमुख रहेका निरज लम्सालको ठाउँमा पाण्डेलाई पठाएको हो । प्रभु इन्स्योरेन्स कम्पनीको असोज ११ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले संस्थापक सेयरधनी बैंकका तर्फबाट पाण्डेलाई चयन गरेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्