सेयरबजार ३.१९ अंकले घटेर, करिव २ अर्बको कारोबार

काठमाडौं । बुधबार सेयरबजार ३.१९ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका बुधबार १९० कम्पनीको ८० लाख १९ हजार कित्ता सेयर बिक्री भएको छ । त्यस्तै ३६ हजार २ सय ८२ पटकको खरिदबिक्रीमा १ अर्ब ९५ करोड ३६ लाख ३६ हजार रुपैयाँको कारोबार भएको नेपसेले जनाएको हो ।
आज नेप्से १५५०.४३ विन्दुमा बन्द भएको छ । बुधबार सेन्सिटिभ सूचक पनि ०.६४ अंकले घटेको छ ।
बुधबार कारोबारमा दुईवटा कम्पनीको १० प्रतिशतले सेयर मूल्य बढेर सर्किट लागेको छ । कामना सेवा विकास बैंक र जोशी हाइड्रोपावर कम्पनीको उच्च अंकले बढेको हो । नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ११ करोडको सेयर कारोबार भएको छ । बुधबार वाणिज्य बैंक, व्यापार, होटल, निर्जीवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा सबैको कारोबार सूचक घटेको छ भने विकास बैंक, जलविद्युत्, फाइनान्स र म्युचुअल फन्डको सूचक भने बढेको छ ।